टंक कुँवर :
धनगढी १५,भदौ । कञ्चनपुरमा फेरी अपहरण गरी एक किशोरीमाथि सामुहिक बलात्कार भएको छ । बेल्डाँडी गाउँपालिका वडा नं. १ की अन्दाजी १५ वर्षकी किशोरीमाथि गए राति ४ जनाको समूहले अपरण गरी सामुहिक बलात्कार भएको प्रहरीले जनाएको छ ।
बालिकाको घरमा पूजा चलिरहेका बेला मोटरसाईकलमा गएका चार युवकले फोन गरेर किशोरीलाई सडकमा बोलाएको र अपहरण गरी घरबाट टाढा लगेर सामुहिक बलात्कार गरिएको इलाका प्रहरी कार्यालय बेल्डाँडीले जनाएको छ । ती किशोरीलाई अपहरणशैलीमा मोटरसाईकलमा राखेर ती युवकले घरदेखि अर्को गाउँ जबदिया भन्ने ठाउँमा लगेर सामुहिक बलात्कार गरेका बुझिएको छ ।
अपहरण गरी बलात्कार गर्ने ब्यक्तिको परिचय खुलेको तर फरार छन् महेन्द्रनगरका प्रहरी प्रमुख (एसपी) कुबेर कडायतले समाबेशी अनलाइनलाई जानकारी दिए । बेल्डाँडी अलि टाढा भएकोले जाहेरी र मेडिकल रिपोर्ट आउन बाँकी छ र सो रिपोर्ट आईसकेपछि मात्र धेरै कुरा खुल्छ–उनले भने । अहिले हामी घटना स्थलतिर जाँदैछौँ । बलात्कारीको खोजी कार्य भैरहेको उनले बताए ।