काठमाडौं । फेरि उही निरु र दिलुको लफडा, भएकोचाहिँ बालुवाटारमा । युवा संघ विवादका मूलकारक मानिने यीमध्ये शनिबार दिलुलाई नराम्रो पार्न निरुले कुरा उठाइन् । र, चुक्ली झुठो सावित भएपछि अकस्मात् हराइन् ।
शनिबार कञ्चनपुर घटनाबारे कुरा राख्न प्रदेश ७ बाट नेकपाका संघीय सांसद, पार्टी केन्द्रीय सदस्यहरु बालुवाटार पुगेका थिए । विषय एकदमै गम्भीर थियो ।

यही गम्भीरताका बीच एकजनाले भनिन्, ‘मलाई आइजिपी सर्वेन्द्र खनालको फोन आयो । यो दिलु भनेको को हो ? यसले मलाई सांसद भएर थर्काउने हो भन्नुभयो †’
कञ्चनपुर बलात्कार घटनासँग सम्बन्धित उक्त छलफलमा एकाएक वेप्रसंगको विषय आएपछि नेताहरु मुखामुख गर्न थाले । कर्ण थापाले भने, ‘सांसद होइन, केन्द्रीय सदस्य होला ।’ अर्का एकजनाले भने, ‘थर्काउनुपर्ने कारण के रहेछ ?’ अघि कराउनेले सुनाइन्, ‘कञ्चनपुर घटनाको छानवीन गर्न गएको रे । अनि, त्यहीँबाट आइजिपीलाई थर्काएको रे ।’ लेखराज भट्टले भने, ‘केन्द्रीय सदस्यको नाताले सोध्नुभयो होला नि †’ यो लफडामा ‘यसो–उसो’ भन्नुभन्दा आइजिपी र दिलुलाई नै सोध्न उपयुक्त ठानेर कैलालीका सांसद झपट रावलले फोन लगाए । ‘तपाईंले त्यस्तो के गर्नु भा’ ?’ सुन्दैमा दिलु आत्तिइन् ।

त्यसबेला न्युप्लाजाको कफी सपमा साथीहरुसँग थिइन् । भनिन्, ‘म काठमाडौंमै छु । कञ्चनपुर गएको छैन । आइजिपीलाई फोन गर्ने मेरो काम पर्दैन । गरेको पनि छैन ।’ यसपछि झपटले आइजिपी सर्वेन्द्रलाई सोधे, ‘मलाई अरुले फोन गर्नुभएको छ । तर, यो नाम (दिलु) ले फोन गर्नुभएको छैन । उहाँसँग मेरो त्यत्ति चिनजान पनि छैन ।’ यसो भन्दाभन्दै कुरा लगाउने महिला सांसद त्यहाँबाट हराइसकेकी थिइन् । नभएको कुरा बालुवाटारमा लगाइएपछि दिलु तनावमा यता–उता हिँड्न थालिन् । अनामनगरको भाटभटेनी पुगेपछि कर्ण थापा भेटिए । सोधिन्, ‘मेरो कुरा किन उठ्यो, त्यो पनि नभएको ?’ कर्णले ‘आइजीले होइन, म चिन्दिनँ भनेपछि प्रधानमन्त्रीले पत्याउने कुरै भएन । पत्याउनु पनि भएको छैन ।

प्रधानमन्त्रीले दिलुलाई नराम्रो सोच्नुहोला भनेर कुरा लगाएकी हुन् । अब तनाव नलिनुस्, केही पनि हुँदैन ।’ यसपछि दिलुले आइजिपी सर्वेन्द्र खनाललाई फोन गरेर सोधिन् । आइजीले भने, ‘बहिनी, तपाईं आत्तिनै पर्दैन, केही भएको छैन । बरु, मलाई कसले के भन्यो, थर्कायो कि के ग¥यो भन्ने विस्तृत कुरा बेला आएपछि भनौँला †’
जनआस्थाले आइजिपी खनाललाई यसबारे सोध्दा भने, ‘मलाई नाम याद भएन । तर, एकजना कसैले यसबारेमा सोध्नुभएको थियो । मैले नभएको कुरा होइन नै भनिदिएँ ।
स्रोत ः जनआस्था

प्रतिक्रिया दिनुहोस !