एन आई सी एशिया बैंकको २ नयाँ शाखा खुलेका छन् । कास्की जिल्ला पोखरा महानगरपालिका, वडा नं.८, न्यूरोडस्थित शाखाको एन आई सी एशिया बैंकको संचालक राजेन्द्रप्रसाद अर्यालबाट उद्घाटन भयो भने अन्नपूर्ण गाउँपालिकाको नौडाँडा शाखाको एन आई सी एशिया बैंकको संचालक श्री बिनोद कुमार प्याकुरेलबाट भाद्र १३ गते भव्य समारोहका बिच उद्घाटन ससम्पन्न भयो ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २४१ शाखा कार्यालयहरु, २३५ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।
बैंकको वासलातको आकार रू. १८३ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १५५ अर्ब तथा कर्जा रू. १२७ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १२ लाख १९ हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस !