विम्स्टेक सम्मेलन सकेर केही देशका राष्ट्रप्रमुखहरु आफ्नो देश फर्किसकेका छन् । सम्मेलनबाट मुलुकको लागि के फाइदा भया,े के भएन त्यसको चर्चापरिचर्चा भोलीदेखि सुरु होला । ठुलो कुरा चाही काठमाडौंदेखि रक्सौलसम्म रेल सम्झौता भयो, मुलुकको लागि आर्थिक सहयोगको चर्चा संगै अहिले भने उपप्रधानमन्त्री तथा रक्षामन्त्रीले सानो कुरा ख्याल नगर्दा संस्कारजन्य कुरामाथि सामाजिक सञ्जालमा प्रश्न उठिरहेको छ ।

नेताले सानो कुरा ख्याल नगर्दा कति धेरै टिप्पणी झेल्नुपर्छ भन्ने कुरा थाइ प्रधानमन्त्रीलाई विदाइ गर्दा रक्षामन्त्री ईश्वर पोखरेललाई सुरक्षाकर्मीले ओढाइदिएको छाताले प्रश्ट पारेको छ । संगै हिड्दा थाई प्रधानमन्त्रीले आफै छाता ओढेका छन् भने ईश्वर पोखरेललाई सुरक्षाकर्मीले ओढाइदिएका छन् । खासमा सम्मान नै गर्नुपर्ने थियो भने पाउनालाई चाही ओढाइदिनुपर्दथ्यो ।

अहिले यो फोटो सामाजिक सञ्जालमा व्यापक बनिरहेको छ । सामाजिक सञ्जालमा विश्व प्रकाश भुषाल फोटो पोस्ट गरेर यो राम्रो भन्ने कि नराम्रो भन्ने भन्दै आफ्नो वालमा लेख्छन ः कम्तिमा हेक्का हुनुपर्छ । शिव पौडेल नेपाली….सबैभन्दा ठूला भन्दै नेता माथि टिप्पणी गर्छन भने कंचनपुरका रमेश जोशी पाहुना थाइल्याण्डका प्रधानमन्त्री आफै छाता ओढ्दै छन् भने हाम्रालाई चाही अरुले ओढाउनुपर्ने भन्दै व्यंग्य गर्छन ।
युवा पत्रकार सुजन पन्त आफ्नो वालमा लेख्छन ः थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चा आफैले छाता समातेर ओढिरहँदा नेपालका उपप्रधानमन्त्री
ईश्वर पोखरेलले चाही आफै समात्न सकेछन् । फेरि आलोचनाको पात्र बन्ने भए ।

सामाजिक सञ्जालमै छविरमन अधिकारी सम्पन्न मुलुकका प्रधानमन्त्री र विपन्न उपप्रधानमन्त्रीको भिन्नता देख्नुभयो भन्दै फोटो पोष्ट गर्छन भने विमला खड्का जुन तश्विर शहरमा चर्चा भन्दै उस्तै तर फरक फोटो पोस्ट गर्छिन । घनेन्द्र ओझा यस्ता चिज शेयर गर्न त के हेर्न पनि नपरोस भन्दै फोटो पोस्ट गर्छन । उज्वल आवाजले पनि उही फोटो राख्दै यो एउटै फोटोले थुप्रै प्रश्नको उत्तर दिन्छ भन्दै हामीले र विदेशीले चुनेको नेतामा कति फरक भन्दै संस्कारको कुरा उठाएका छन् । अप्सरा गौतम, रजनीमिला रजनी लगाएतले पनि आफ्नो वालमा फोटोमाथि व्यंग्य गरेर पोस्ट गरेका छन् । समावेशी अनलाइन

प्रतिक्रिया दिनुहोस !