दोहा : दाङ देउखुरी सेवा समाज कतारको आयोजनामा “जिल्लामा रहेका जेहेन्दार तथा असहाय पिछडिएका विद्यार्थीहरुका लागि छात्रवृति कोष स्थापनार्थ हुन लागेको “तिज विशेष कार्यक्रम” तयारी अन्तिम चरणमा पुगेको छ। “दाङ देउखुरीको चाहाना, प्रवासमा सभ्य एवं सुरक्षित रोजगारको कामना” भन्ने मूल नाराको साथ् सन ६ , जनवरी २०१२ मा स्थापित सस्थाले बिगतका दिनहरुमा बिभिन्न सामाजिक कार्य गर्दै आएको छ।
यसपाली आउदै गरेको नेपाली नारीहरुको महान चाड हरितालिका तिजको अवसर पारेर छात्रवृति कोष स्थापनार्थ “तिज विशेष कार्यक्रम” यहि आउदो ७,सेप्टेम्बर २०१८ शुक्रबारको दिन कतारको सनैया स्थित डल्ला ड्राईभिङ्ग एकडमीको सभाहलमा बिहानको ठिक ११ बजे देखी भब्यताका साथ हुने भएको छ। समाजका द्वितीय उपाध्यक्ष छबिलाल बुढाथोकीको संयोजकत्वमा हुन गैरहेको उक्त तिज बिशेष कार्यक्रममा भरपुर मनोरञ्जन दिन कतारमा रहेका दिदिबहिनीहरुलाई छमछमी नचाउन नेपालदेखी चर्चित लोक तथा दोहोरी गायिका कामना वली र अमृता लामिछाने कतार आउने भएका छन । साथै स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहने छ। कतारका बिभिन्न ठाउमा कार्यरत दाजुभाई तथा दिदि बहिनिहरुलाई मध्यनजर राख्दै , यातायातको सुबिधा राखिएको छ।
उक्त यातायात सुबिधाको लागि समाजका प्रथम उपाध्यक्ष हेमराज बस्नेत (फोन न.३१००६०२२/३०१७९१२६) लाई सम्पर्क गर्न सकिने छ। महिलाहरुको बिशेष कार्यक्रम रहेकोले प्रबेश निशुल्क गरिएको छ भने पुरुषहरुका लागि टिकट ४० /- कतारी रियाल मात्र तोकिएको छ। बिहानको ठिक ११ बजे बाट शुरु हुने उक्त कार्यक्रम पश्चात् दिदिबहिनिहरुलाई दर खुवाउने कार्यक्रम समेत राखिएको छ। उक्त तिज बिशेष कार्यक्रमलाई सफल पारिदिन कतारमा स्थापित संघ सस्था,बुद्धिजीवी व्यापारी समाजसेबी, कलाकार, पत्रकार लगाएत सम्पुर्ण नेपाली दिदिबहिनि दाजुभाईहरुलाई उपस्थित भईदिन कार्यक्रम संयोजक छबिलाल बुढाथोकीले हार्दिक अनुरोध गरेका छन।