धेरै मानिसहरु बाहिर व्यक्त नगरेपनि सेक्सुवल कुरामा भित्रभित्रै भने चाही फरक पाइन्छ । महिला र पुरुष दुवैमा यस्तो कुरामा धेरै भिन्नता पाइदैन । पुरुष भन्दा महिला अलि लज्जालु मात्र हुन् । पुरुषले महिलाका शारीरिक अंगहरुमध्ये पहिला नजर कहाँ पुर्याउला भनेर सोध्नुभन्दा पहिला उसको आँखामा नजर लगाउँदा हुन्छ । सबैभन्दा पहिला नजर महिलाको वक्षस्थल नै हो भने पछाडिबाट नितम्ब हो । एक अध्यायनअनुसार ९० प्रतिशत पुरुषले आपसी भेटका क्रममा सबैभन्दा पहिला महिलाको वक्षस्थलमै आँखा लगाउँछन् ।
डा. सुमनराज ताम्राकार एक प्रसंगमा बताउछन् ः ज्यादै भद्दा, निकै सानाभन्दा मध्यम खालको वक्षस्थल अनि मुन्टा नै प्रष्टिने, दुई स्तनबीचको खोबिल्टो देखिने पहिरनलगाएत कारणले पुरुषले तुलनात्मक रुपमा बढ्ता आँखा पुर्याउँछन् । वक्षस्थलमा एकाध पटक आँखा पुर्याउँदैमा यसलाई निकृष्ट बानी मान्नुहुन्न । तर, यौन दुव्र्यवहार गर्ने धेयले, कामवासना राखेर तथा यौनिक हिसाबले निराश पार्ने सोचले त्यस्तो कार्य गरिएको भए सचेत पार्नुपर्छ ।
महिलाको स्तन पुरुषको लागि यौन आकर्षण गर्ने अंग र महिलाको लागि निकै संवेदनशील यौन अंग पनि हो । निकै ठूला र साना स्तन भएका महिलाले हीनताबोध महसुस गर्ने हुनाले स्तन महिलाको लागि आफ्नो व्यक्तित्व पहिचान पनि हो ।
स्तन महिलाको सहायक प्रजनन अंग हो । महिलाको छातीमा रहने यी विशेष ग्रन्थी शिशुको पोषणको लागि जस्तै गरि यौनको दृष्टिकोणले पनि त्यति नै महत्वपूर्ण छ । स्तनमा दुध बनाउने ग्रन्थी, दुध ग्रन्थीबाट मुन्टासम्म दुध ओसार्ने नलीहरु, मुन्टा, मुन्टावरिपरीका भाग, रेशीय तन्तु एवं बोसो हुन्छ । धेरैजसो किशोरीमा स्तनको वृद्धि ११ वर्षको उमेरमा सुरु भएर १५ वर्षमा पुरा हुन्छ । चिकित्सा विज्ञानको दृष्टिले स्तन ग्रन्थी बोसो तथा रेशादार तन्तुद्धारा बनेको पिण्ड हो । यसैले स्तन कमलो, मुलायम एवं निश्चित आकारको हुन्छ । किशोवस्थामा स्तनका तन्तु इन्ट्रोजेनप्रति बढी संवेदनशील सामान्य मात्रामै भएपनि प्रभाव अलि बढी हुन्छ । किशोरवस्थामा यस्तो तन्तु खाँदिने कारण हल्का कडा हुन्छ । स्तनमा तन्तुको मात्रा वंशाणुगत, पारिवारिक पृष्ठभूमि, उमेर हिसाबले फरक हुन्छ ।
स्तनले नारीको व्यक्तित्व झल्किने हुन्छ । त्यसैले स्तनको उचित विकास नभएमा नैराश्य एवं हिनताबोध हुनसक्छ । तौल बढने, घट्ने, स्तनको छालाको मोटाइ वा तन्किने क्षमतायुक्त स्तनमा हार्मोनको प्रभाव र पोषणले आकार र नाप तलमाथि हुन्छ ।
मालिस, कसरत, मल्हम, पम्प तथा खाने चक्की वा शल्यचिकित्साबाट पनि स्तनको आकार वृद्धि गर्न सकिन्छ । स्तन तथा यसको मुन्टो वरिपरिको भाग निकै संवेदनशील हुने भएकोले स्पर्शले पुरुषलाई यौन उत्तेजना दिन्छ भने महिलालाई पनि त्यस्तै अनुभव हुन्छ । स्तन सानो वा ठूलो हुदैमा यौन उत्तेजनामा कुनै फरक पर्दैन । ठूलो स्तन हुदैमा यौन आनन्द बढी दिने होइन ।