बलिउड अभिनेत्री इलियाना डिक्रुजले सेतो बिकिनीमा खिचाएको आफ्नो एउटा फोटो इन्स्टाग्राममा पोस्ट गरिन् । उक्त फोटोमा कुनै इफेक्ट प्रयोग गरिएको छैन, अर्थात् जस्तो खिचियो, सम्पादन नगरी त्यत्तिकै सार्वजनिक गरिएको छ । उक्त फोटोमा इलियानाको खास सुन्दरता देखिएको प्रतिक्रिया दर्शकले व्यक्त गरेका छन् ।

पछिल्लो समय फिल्मभन्दा प्रेमसम्बन्धका कारण चर्चामा रहने गरेकी इलियानाले आफ्नो सो फोटो मन पर्नुको कारण पनि खोलेकी छिन् । उनले त्यो फोटो केही दिनअघि एउटा म्यागजिनका लागि खिचिएको र ‘अनटच्ड’ भएको उल्लेख गरेकी छिन् । फोटोसपको कमालविनाकै फोटो मानिसहरूले मन पराइदिएकोमा उनी पुलकित छिन् ।

प्रतिक्रिया दिनुहोस !