– २१ वर्षीया नीना स्काये एक क्रिश्चियन नर्सरी स्कूलमा शिक्षिका थिइन् । उनी दिउँसो पढाउँथिन् र राती पोर्न फिल्ममा काम गर्थिन् । जब उनलाई उनको साइड जब बारे थाहा भयो तब उनलाई उक्त काम बन्द गर्नुपर्ने बताइयो । तर नीनाले उनीहरुको आग्रहलाई मानिनन् जसका कारण उनलाई स्कूलबाट निकालियो ।

– नीनाका अनुसार टिचिङ र सेक्स दुबै उनको प्यासन हो । उनी दुबै कामलाई सँगसँगै लैजान चाहन्थिन् तर यस्तो हुन सकेन । नीना आफूलाई राम्रो शिक्षिका बताउँछिन् । उनका अनुसार उनको साइड जब क्रिश्चियन स्कूलको सिद्धान्त विपरित बताइयो ।

– स्कूलले नीनालाई एडल्ट स्टारको काम छोड्न सहयोग गर्ने अफर दियो तर नीनाले उक्त अफरलाई अस्विकार गरिन् । नीना भन्छिन्, ‘पोर्नस्टारको रुपमा काम गर्नु मेरो ड्रीम जब हो । यसबाट मैले निकै सजिलै मोटो रकम कमाउन सक्छु ।’

– नीनाले पहिलो पटक पोर्न फिल्ममा काम गरेबापत् उनलाई तत्काल २ हजार ५ सय डलर पारिश्रमिक दिएको स्मरण गर्दै पहिलो पटक त्यति धेरै पैसा देखेको र समातेको उनले बताइन् । नीना अहिले स्कूलको निर्णय विरुद्ध मिडियामा अभियान चलाइरहेकी छिन् । यद्यपी, क्रिश्चियन स्कूलको नामको खुलासा गरिएको छैन ।
एजेन्सी

प्रतिक्रिया दिनुहोस !