
काठमाडौं, भदौ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको जिल्ला एकता नटुङ्गिदै एकीकरण कार्यदलको सिफारिसप्रति पूर्व एमालेमा असन्तुष्टि चुलिएको छ । पूर्व एमालेभित्र फरक समूहको प्रनिनिधित्व गर्ने वरिष्ठ नेता तथा पूर्वप्रधामन्त्री माधवकुमार नेपाल पक्षले नेतृत्वका लागि सिफारिसको नाममा पुनर्विचार नभए समानान्तर प्रदेश र जिल्ला कमिटी बनाएर अघि बढ्ने निष्कर्ष निकालेको हो ।
आइतबार नेपाल सहित उनीनिकट केही नेताको गोप्य बैठक भएको थियो । एकदर्जन भन्दा बढी जिल्लाको सिफारिस पूर्वाग्रही र एकलौटी रहेको नेपाल समूहको आरोप छ । एकीकरण कार्यदलले छुट्टै विधि प्रक्रिया र मापदण्ड बनाएर जिल्ला नेतृत्वको सिफारिस गरेको देदिएन, नेपाल निकट नेता जगन्नाथ खतिवडा बताएका छन् । उनले नेताहरुले कार्यकर्ता तहमा गुटबन्दी नगरि जनप्रतिनिधि या अरु महत्वपूर्ण भूमिकामा रहेकालाई छाडेर वरियाता र क्षमतामा अगाडि रहेकालाई सिफारिस गरेको भए कसैले टाउको दुखाउने थिएनन् भनेको छन् ।
७७ जिल्ला कमिटीमध्ये अधिवेशनबाट निर्वाचित आफ्ना समूहका ४७ जना जिल्ला अध्यक्ष रहेकोमा एकदर्जनभन्दा केही बढी जनप्रतिनिधिको भूमिकामा रहेको हिसाब राखेको छ । तर, अहिले एकीकरण कार्यदलहरुको सिफारिस जस्ताकोत्यस्तै पारित हुदा आफ्नो समूहबाट एक दर्जन अध्यक्ष र डेढ दर्जन भन्दा बढी सचिव बन्नेस्थिति नरहेको विश्लेषण गर्दै नसच्याएसम्म अन्तरसंघर्ष चर्काउनुपर्ने निष्कर्ष गोप्य बैठकले निकालेको छ ।
गोप्य बैठकमा माधव नेपालले भने ः अध्यक्ष केपी ओलीको एकलौटी शैलीप्रति आक्रोश पोख्दै एकीकरणका नाममा नेता, कार्यकर्तामाथि भइरहेको अन्याय सहन नसक्ने बताएका थिए । एकीकरण कार्यदलले कतिपय जिल्ला र प्रदेश एकताका लागि गरेको सिफारिसमा पुनर्विचार गर्न अध्यक्ष ओली तयार नभए समानान्तर कमिटी बनाउने घोषणा समेत उनले गरेका थिए । पार्टी एकीकरणका नाममा विधि प्रक्रिया र मापदण्डविना कतिपय जिल्ला र प्रदेशका सन्दर्भमा कार्यदलहरुले गरेका सिफारिस पारित गर्न सकिदैन । गोप्य बैठकमा सुरेन्द्र पाण्डे, बेदुराम भुषाल, जगन्नाथ खतिवडा लगाएको उपस्थिति थियो । यता पूर्व माओवादीकेन्द्रभित्र पनि पार्टी एकीकरणमा सबै नेताहरु चित्तप्रसन्न नभएको जानकारी आएको छ ।
अध्यक्षद्धय केपी ओली र प्रचण्डले जिल्ला, प्रदेश र जनसंगठन एकीकरण सम्बन्धी प्रश्तावमा गत शुक्रबारबाट छलफल सुरु गरेका छन् । शुक्रबार ३ घण्टा छलफल गरेका उनीहरुले शनिबार र आइतबार पनि छलफललाई निरन्तरता दिएका छन् । अध्यक्षद्धयले तल्ला कमिटी र जनसंगठनहरुको एकीकरण सक्नाको लागि शुक्रबारबाट आन्तरिक गृहकार्य सुरु गरेका छन् ।