भीमदत्तनगर : आज बिहान खानेपानी मन्त्री बिना मगर बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्तको घर पुग्दा केहीबेर सन्नाटा छाउनुका साथै केहीबेर आगन्तुक सबै स्तब्ध हुनुभयो ।

मन्त्री मगर निर्मलाको घर पुग्दा निर्मलाका आमा र आफन्तले आँशु थाम्न सकेनन् । छोरी निर्मलाको हत्यारा पत्ता लगाउन आग्रसहित स्तब्ध बनेकी आमा दुर्गा पन्तसँगै रोइरहेकी आफन्त महिलाको आँशु पुस्छन मन्त्री मगर अघि सर्नुभयो । सो क्रममा भावुक बन्नुभएका मन्त्री मगरले पनि आँशु थाम्न सक्नुभएन ।

उहाँसँगै निर्मलाका परिवार भेट्न पुग्नुभएका प्रतिनिधिसभा सदस्य नीरु पालका पनि आँखा रसाइरहेका थिए । प्रतिनिधिसभा सदस्य पालले निर्मलाका आमालाई सहानुभूति व्यक्त गर्दै सबै मिलेर हत्यारालाई कारवाहीको दायरामा ल्याउने बचन दिनुभयो ।

त्यसैगरी निर्मला हत्या काण्डका दोषीलाई कारबाहीको माग गर्दै केही दिनअघि भीमदत्तनगरमा भएको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर शहादत प्राप्त गर्नुभएका भीमदत्त नगरपालिका–१८ भगतपुरका १४ वर्षीय शहीद सनी खुनाको घर पुग्दा पनि मन्त्री मगरसहित सबै स्तब्ध देखिन्थे ।

मन्त्री बिना खुनाका घर पुग्दा शहीदका आमा मञ्जु खुनाले पनि आँशु बगाउन थाल्नुभयो । सो क्रममा पनि मन्त्री मगरले उहाँलाई सहानुभूति व्यक्त गर्नुभयो । गृह जिल्लामा भइरहेका बलात्कारलगायतका घटनाले आफू स्तब्ध भएको मन्त्री मगरले पत्रकारसित बताउनुभयो ।

निर्मला हत्या काण्डमा सरकार गम्भीर रहेको बताउँदै उहाँले दोषीलाई कारवाहीको दायरामा ल्याउने प्रतिवद्धता जनाउनुभयो । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीसहित स्थानीय प्रशासनलाई समेत आफूले अपराध नियन्त्रण र समाजको सुरक्षामा केन्द्रीत हुन निर्देशन दिएको बताउनुभयो ।

आज बिहान जिल्ला प्रशासन कार्यालयमा भएको बैठकमा कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कुबेर कडायतले निर्मला हत्याकाण्डको अनुसन्धानलगायतका विषयमा मन्त्री मगरलाई जानकारी गरानुभएको थियो । निर्मला पन्तका परिवार र शहीद सनी खुनाका परिवारलाई भेट्न मन्त्री मगरसँगै प्रतिनिधिसभा सदस्य डा दीपकप्रकाश भट्ट, प्रदेश नं ७ का प्रदेशसभा सदस्य प्रकाश रावल र मानबहादुर सुनारको समेत सहभागिता रहेको थियो । दोहा : खस क्षत्री सेवा समाज कतारले समाजका अध्यक्ष र सह-कोषाध्यक्षलाई बिदाई गरेको छ । समाजले बिहीवार दोहामा एक कार्यक्रमका बीच कर्मभुमि कतारको बसाइँ बिटमारेर जन्मभुमि जान लाग्नु भएका अध्यक्ष खगेन्द्र कार्की र सह-कोषाध्यक्ष रमेश चौहानलाइ सम्मान सहित बिदाई गरेको हो ।

बिदाई कार्यक्रममा बोल्दै खस क्षत्री सेवा समाज कतारका संरक्षक हंसराज ढकालले बिदेशको बसाई छोटाएर नेपालमा घरपरिवार संगै रहेर केही गर्ने सोच सहित जान लाग्नु भएका दुबैजनालाई सफलताको सुभकामना व्यक्त गर्दै ढिलो चाडो प्रवासमा रहेका नेपाली मातृभुमी फर्कने भएकोले बिदेशमा आर्जन गरेको पुजि र सीपलाई उत्पादन मुलक क्षेत्रमा लगानी गर्न आग्रह गरे ।

संरक्षक ढकालले समाजको सुरुवाती अप्ठेरो बेलादेखी निरन्तर साथ दिदै आउनु अध्यक्ष र सह-कोषाध्यक्षद्वयको बिदाईले कतारको समाजमा उहाँहरुको केहि अभाव खडने भएपनि जन्मभुमिको बसाईमा पनि सधै सामाजिक कार्यमा सक्रिय रहेन आग्रह गरे ।

कार्यक्रममा बोल्दै बिदाइ हुनुभएका निबर्तमान अध्यक्ष खगेन्द्र कार्कीले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिदै खस क्षत्री सेवा समाज कतारले गरेको सम्मानले आफुलाई नेपालमा गएपछी पनि समाज सेवामा लाग्न थप उर्जा प्रदान गरेको बताए । खस क्षत्री सेवा समाज कतारका कार्यबाहक अध्यक्ष बिश्वबन्दु थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजका प्रमुख सल्लाहकार रेशम बहादुर बस्नेत, सल्लाहकार निगम कार्की, बिदाई हुनुभएकासह-कोषाध्यक्ष रमेश चौहान, आजिवन सदस्य एवं चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समिती प्रवास संयोजक समीर खत्री लगाएतले बिदाई मन्तव्य राखेका थिए ।

समाजका उपाध्यक्ष धन बहादुर कार्कीले स्वागत गरेको कार्यक्रमको संचालन महासचिव रामजी खत्रीले गरेका थिए । दोहा नज्मा स्थित युनिक रेस्टुरेन्टमा रात्री भोज सहित सम्पन्न कार्यक्रममा समाजका कार्यसमिति पदाधिकारी, सदस्य, आजिवन सदस्य लगाएतको उपस्थितरहेको प्रवक्ता सन्तोष क्षत्रीले बताए ।

प्रतिक्रिया दिनुहोस !