दीपेन्द्र भण्डारी
टीकापुर,कैलाली जिल्लाको दक्षिणपूर्बी टीकापुर नगरपालिका–८ श्रीलंकामा तटबन्धका लागि पहल भएको छ । श्रीलंकामा लगातार हुदै गरेको नदी कटान रोक्न तटबन्ध का लागि पहल भएको हो ।
गत बर्ष नै कैलालीकै बर्दिया जोडिएको हुलाकी सडक अन्र्तगत कर्णाली नदीको पुलबाट करिब १ हजार ६ सय मिटर तटबन्ध भई सकेको छ ।
नेपाल भारत सिमाना सम्म बाँकी करिब २ किलोमिटर तटबन्ध गर्न बाँकी रहेको टीकापुर नगरपालिका–८ वडाध्यक्ष दिर्घ वहादुर ठकुल्लाले बताए ।
तटबन्ध गर्न बाँकी रहेको ठाउँको सर्बे भई सकेको छ ठकुल्लाले भने– ‘सो बिषयमा हामीले टेण्डरबाट छिट्टै तटबन्ध गर्न सरकार संग माग गरि सकेका छौ ।
पुल देखि नेपाल भारत सिमाना सम्म १ हजार ६ सय मिटर लम्बाई रहेको जानकारी दिए । तटबन्ध नहुँदा सो ठाउँमा लगातार नदीले स्थानियको जग्गा कटान गर्दै छ ।
केहि दिन यतामात्र स्थानीय दिपेन्द्र राज भण्डारी, गोपाल साउँद, खन्टे साउँद, बिष्णु उपाध्याय लगायत थुप्रैको धान बाली सहित जग्गा कर्णाली नदीको कटानमा परेको छ । हाल पनि नदी कटान जारी छ ।
स्थानीय नदी कटानबाट पीडित गोपाल साउँदले समावेशीअनलाइन संग कुरा गर्दै भने– ‘निर्वाचनका बेला यी नेता भनाउँदाहरु विभिन्न आश्वासन दिएर जाने तर हामी दुःखमा परेको बेला वास्तै गर्दैनन् ।
२०४१ साल अघि श्रीलंकामा हजारौ स्थानीय बासिन्दा बसोबास गर्दै आएका थिए भने हाल केहि घरहरु मात्र बाँकी छन । सबै बाढी त्रासकै कारण अन्यत्र सरेका हुन ।