काठमाडौं । गृह मन्त्री तथा नेकपाका सचिवालय सदस्य रामबहादुर थापामाथि केन्द्रित भएर भोलि प्रकाशित हुने दुई ठूला (म्यागेजिन) साप्ताहिक पत्रिकाले ‘कभर स्टोरी’ बनाएका छन् । कान्तिपुर पब्लिकेसन्सबाट प्रकाशित हुने नेपाल साप्ताहिक र हिमाल मिडिया प्रा.लि.को हिमाल खबर पत्रिकाले गृह मन्त्री थापालाई ‘प्रहार’ गरेर स्टोरी लेखेका छन् ।
उनीहरुले स्टोरीमा थापालाई के–कसरी प्रहार गरेका छन् ? कस्तो आक्षेप लगाएका छन् ? त्यो भोलि बजारमा आएपछि मात्र पढ्न सकिनेछ । तर, उनीहरुले कभरमा राखेको आक्रामक शीर्षकबाट के अनुमान गर्न सकिन्छ भने थापामाथि उनीहरुले कडै प्रहार गरेका छन् ।
पत्रकारितामा कहिले काहि“ सन्जोगले एउटै विषय बस्तु माथि लेखिन्छ भने कहिले काहि“ नियोजित रुपमा प्रहार गरिन्छ । यी दुई पत्रिकाले सन्जोगले मात्र थापामाथि स्टोरी लेखका हुन वा नियोजित रुपमा–त्यो त भोलि अध्ययन गरेपछि मात्र प्रष्ट हुनेछ ।
यी दुई म्यागेजिनले थापालाई किन निसानामा पारे होला ? अनुमान गर्ने हो भने उनले गृह मन्त्रीका कुर्सीमा बसेर चालेका पछिल्ला दिनमा केही ‘एक्सन’ प्रति लक्षित हुनु पर्छ । अनमिनको प्रमाणिकरणमा अयोग्य भएर बहिगर्मित पुर्व छापामार लेनिन विष्टलाई विदेशको एउटा कार्यक्रममा सहभागी हुनबाट गृह मन्त्रालयले रोकेपछि त्यसले अर्कै रुप लिएको छ । त्यस विषयलाई लिएर खास गरी प्रधानमन्त्री केपी ओलीले गृह मन्त्रालयस“ग स्पष्टिकरण सोधेपछि यी पत्रिकाहरुलाई गृह मन्त्री थापामाथि आक्रमण गर्न सहज भएको देखिन्छ ।
थापा नेतृत्वको गृह मन्त्रालयले विष्टलाई विदेश जान रोक्नु, बीर अस्पतालका डाक्टरलाई मन्त्रालयमा बोलाएर सोधपुछ गर्नुका कारण पनि हुन सक्छ । थापाले केही समयअघि अनसनरत डाक्टर गोविन्द केसीलाई संसदको रोष्टमबाट अधिनायकवादी भनेका थिए । यी र यस्तै विषयमाथि टेकेर यी दुई साप्ताहिकले गृह मन्त्री थापालाई घानमा पारेका हुन सक्छन् ।
प्रकाण्डलाई लगाइएको झुटो आरोप माथि पनि यी साप्ताहिकले खोतलेका हुन सक्छन् । तर कभरमा लेखिएका शीर्षकले बताउछ कि गृहमन्त्रीमाथि राम्रैसंग खनिएका छन् । कभर सार्वजनिक हुनासाथ सामाजिक सञ्जालमा समेत पक्ष र विपक्षमा टिप्पणी आउन थालेका छन् । पत्रिकाले के के विषय उठाएका छन् त्यो त भोली पत्रिका बजारमा आएपछि मात्र थाहा पाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस !