म केही समययता तपाईंका प्रश्नोत्तर पढ्न थालेकी छु । सत्य कुरा भन्नुपर्दा यसअघि यौनसम्बन्धी समाचार पढे पनि ज्ञानमूलक सामग्री पढ्ने मौका भने तपाईंबाटै पाएकी हुँ । यसका लागि धन्यवाद दिँदै केही प्रश्न सोधेकी छु । आशा छ, उत्तर पाउनेछु ।

तपाईं नेपालीलाई यौन शिक्षाको कमी छ भन्ने गर्नुहुन्छ । तर यौन शिक्षा कसरी दिने भन्ने कुरा मेरो दिमागमा पस्दै पसेन । कारण विद्यालयमा यस्तो कुरा पढाउने कुरा भएन । घरमा त यस्तो शिक्षा कसरी सिकाउन सकिन्छ र ? यसकारण यौन शिक्षाका बारेमा राम्रोसँग बुझाइदिनु हुन अनुरोध गर्दछु । कुन उमेरमा यस्तो शिक्षा दिँदा ठीक हुन्छ ।

 

 

प्रतिक्रिया दिनुहोस !