काठमाडौँ, १९ भदौ ः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ पनि रात्रि उडान गर्ने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्दप्र्रसाद अधिकारीले विमानस्थलबाट साँभm ५ः३० देखि राति ९ः०० बजेसम्म आन्तरिक उडान गर्न लागिएको जानकारी दिनुभएको हो ।

नेपाल पर्वतारोहण सङ्घले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो, “अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टा सञ्चालनपछि धेरै परिवर्तन आएको छ, हालै आन्तरिकतर्फ बिहान ५ बजेदेखि सेवा दिन शुरु गरिएको छ, अब छिट्टै नै साँझ ५ः३० देखि ९ः०० बजेसम्म आन्तरिक उडान शुरु हुन्छ ।”

क्षेत्रीय हबका रुपमा रहेका विराटनगर, भैरहवा, नेपालगञ्ज र धनगढीमा रात्रि उडान गरिनेछ । झापाको चन्द्रगढी, जनकपुरलगायत विमानस्थललाई पनि रात्रि उडानका लागि प्राविधिक तयारी भइरहेको छ । ट्रङ्क रुटका विमानस्थलमा पनि अहिले उडानको चाप बढेको छ ।

यसअघि आन्तरिकतर्फ बिहान ७ देखि साँझ ६ः०० बजेसम्मको उडान तालिका थियो । अन्तर्राष्ट्रियतर्फ मात्र रात्री उडान हुँदै आएको थियो । विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले रासससँग कुरा गर्दै रात्रि उडानका लागि तयारी गरिएको र यही भदौ १६ गते नै विभिन्न एयरलाइन्सको २५ वटा उडान तालिका स्वीकत भएको जानकारी दिनुभयो । उहाँका अनुसार बुद्ध एयरको १४, श्रीएयरलाइन्सको चार र यति एयरलाइन्सको सातवटा उडान तालिका स्वीकृत भएको छ ।

सरकारले गत जेठ ७ गतेदेखि अन्तर्राष्ट्रिय विमानस्थल दैनिक २१ घण्टा सञ्चालनमा ल्याएको थियो । आन्तरिक टर्मिनल व्यवस्थापनका लागि यही भदौ १६ गतेदेखि आन्तरिक टर्मिनल बिहान ५ बजे खुल्ला गरेसँगै अहिले दैनिक २२ घण्टा विमानस्थल सञ्चालन भइरहेको छ ।

मन्त्री अधिकारीले अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिपछि चौबिसै घण्टा विमानस्थल सञ्चालन गरिने बताउनुभयो । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाएर २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । उक्त लक्ष्यलाई साकार तुल्याउन मुख्य पर्यटकीय पूर्वाधारका रुपमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई तीव्रता दिएको छ ।

मन्त्री अधिकारीका अनुसार पूर्वाधार विकासलाई तीव्रता दिइएको र सन् २०२० भित्र अन्तर्राष्ट्रिय विमानस्थल चौबिसै घण्टा सञ्चालन हुने र सन् २०१९ अघि नै भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनेछ ।

भ्रमण वर्षको तयारी अघि बढ्यो

मन्त्री अधिकारीले नेपाल भ्रमण वर्ष २०२० को तयारी अघि बढाएको र यसलाई सबै सङ्घसंस्थाले सहयोग गर्नुपर्ने खाँचो औँल्याउनुभयो ।

विगतमा पर्यटकको तथ्याङ्क सही नभएका कारण पनि पर्यटकको सङ्ख्या र पर्यटन क्षेत्रको कूल गार्हस्थ्य उत्पादनमा योगदानको यथार्थ विवरण आउन नसकेको उल्लेख गर्दै उहाँले ‘पर्यटन स्याटलाइट एकाउन्ट’को माध्यमबाट तथ्याङ्क व्यवस्थित गरिने बताउनुभयो ।

“पर्यटकीय तथ्याङ्क व्यवस्थापन गर्दैछौँ, सन् २०२० मा लक्ष्य (२० लाख) भन्दा बढी २५ लाखको हाराहारीमा पर्यटक पुग्नेछन्, जसबाट मुलुकको कूल गार्हस्थ्य उत्पादनमा १० प्रतिशत योगदान पुग्नेछ,” उहाँले भन्नुभयो ।

हाल अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ हेलिकप्टरसहित २० र अन्तर्राष्ट्रियमा ३० वटा वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् ।

पर्वतीय पर्यटन युनिक ‘प्रोडक्ट’

सगरमाथासहितका अग्ला चर्चित हिमालले नेपालको पर्यटनलाई विश्वबजारमा परिचित गराएको छ । यस्ता हिमालको उचित प्रचार प्रसार र सञ्चालन व्यवस्थापन गरी पर्वतीय पर्यटनलाई युनिक प्रोडक्टका रुपमा अघि बढाइनुपर्नेमा मन्त्री अधिकारीको जोड छ ।

सङ्घको समीक्षा तथा पछिल्लो गतिविधिका बारे जानकारी दिन आयोजित उक्त कार्यक्रममा पूर्वपर्यटन सचिव सुरेशमान श्रेष्ठले समृद्धिको पहिलो आधार पर्यटन क्षेत्र नै भएकाले यसको प्रभावकारी प्रवद्र्धनका लागि प्रधानमन्त्री संयोजक रहने गरी उच्चस्तरीय ‘पर्यटन क्षेत्र’ सहजीकरण समिति गठन गरिनुपर्ने खाँचो आँैल्याउनुभयो ।

सङ्घका अध्यक्ष सन्तवीर लामाले सरकारले घोषणा गरेको भ्रमण वर्षलाई सार्थक तुल्याउन संस्थाले अन्य पर्यटकीय संस्थासँगको समन्वयमा प्रभावकारी कार्यक्रम ल्याउने बताउनुभयो ।
––– सिवी अधिकारी (रासस)

प्रतिक्रिया दिनुहोस !