काठमाडौँ, १९ भदौ ः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला नापी कार्यालय धनुषामा कार्यरत जयगोविन्द यादवलाई रु १५ हजार घुस लिएको अभियोगमा आज पक्राउ गरेको छ ।

आयोगका प्रवक्ता रामेश्वर दंगालका अनुसार गाउँ ब्लकको जग्गा नापी गरी लगत किताबमा जग्गाधनीको लगत राख्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग्दामाग्दै पक्राउ गरिएको जानकारी दिनुभयो । आयोगको टोलीले लक्ष्मीनियाँ गाउँपालिका–३ स्थित अगिलेश्वरबाट पक्राउ गरी छानबिन भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !