तिलाचन पाण्डे

भदौ २० २०७५ गुल्मी : प्रदेश नं ५ को सरकारले बनाएको नीति नियम बिपरित गुल्मीका स्थानीय सरकारकारले धमाधर आफुखुसी कर उठाएको खुलेको छ । प्रदेश नं ५ सरकारले प्रदेशका कुनै पनि स्थानहरुमा सवारी कर नउठाउने निर्देशन दिएता पनि गुल्मी जिल्लाको गुल्मी दरवार गाँउपालिकाले आफू खुसी कर उठाउदै आएको छ । पालिकाले बस, ट्रकबाट १०० रुपैयाँ , मिनिबस ,मिनि ट्रकबाट ८० रुपैयाँ , ट्रयाक्टरबाट ७५ रुपैयाँ , जीप कार भेनबाट ५० रुपैया र डोजरबाट एक हजार ५०० सम्म कर उठाउदै आएको छ । सवारी धनीहरुले पटक पटक सम्म यो कानुन सम्भत छैन किन कर उठाउने भन्दै प्रश्न गर्दा समेत गाँउपालिकाले अटेर गरि कर उठाउदै आएको सवारी धनी र चालकहरुले गुनासो गर्दै आएका थिए ।

यता गुल्मीदरबार गाँउपालिकाका सुचना अधिकारी शुरेस खनालका अनुसार शुल्क उठाएको स्विाकार गर्दै त्यो कर नभई पुर्वाधार उपभोग शुल्क भएकाले यसलाई अन्यथा नलिन आग्रह गरेका छन् । गाँउपालिकाले आन्तरिक आम्दामीमा बृद्धि गर्नुपर्ने र प्रदेशको कानुनलाई समेत मध्यनजर राख्दै सडक उपभोग गरेबापतको शुल्क लिईएको खनालले दाबी गरे । पालिकाका घुम्ती चारपाला खरज्याङ सडकखण्ड , बिरवास बाख्रे सडकखण्ड र गौडाकोट जुभुङ सडक खण्डकालागि बोलपत्र आब्हानको सचना प्रकाशन गरेपनि नियम संगत तीन जनाको बोलपत्र नपरेकाले पुन बोलपत्र आब्हानको सुचना प्रकासन गर्ने तयारीमा रहेको उनले बताए ।
यता प्रदेश नं ५का मुख्य मन्त्रीका प्रेस सल्लाहाका शेर बहादुर केशीले भने प्रदेशको निर्देशनलाई अबहेलना गरेको बताए । उनले प्रदेश नं ५मा कुनै पनि स्थानहरुमा कर नउठाउनु भन्दै प्रदेशले सबै स्थानीय तहहरुलाई निर्देशन दिएको समयमा पनि त्यसलाई पालना नगर्दै आफूखुसी बोलपत्र आब्हानको सुचना प्रकासन गरेको भन्दै प्रदेशको निर्देशन पालना गर्न आग्रह गरे । उनले जिल्लाको ढुङगा गिटी बालुवा निकासी सम्बन्धी र दररेट सम्बन्धी कार्यबिधि पनि नबनी सकेकाले यस सम्बन्धी कुनै पनि कार्यहरु नगर्न र नगराउन प्रदेस ५ अन्र्तगतका स्थानीय तहहरुलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस !