
दीपेन्द्र भण्डारी
टीकापुर २० भदौ÷कैलालीको टीकापुरक्षेत्रमा बैखा जातका माछाको बिक्रि बितरण व्यापकरुपमा भई रहेको छ । अन्य माछाको तुलनामा सस्तो दरमा पाइने भएपछि बैखा माछाको बिक्रि बितरण व्यापकरुपमा भई रहेको हो ।
भारतको आन्द्र प्रदेशबाट धनगढी हुदै भित्र्याइने बैखा जातका माछा टीकापुरक्षेत्रमा महिनौ दिन पछि बिक्रि गरिदै आएको छ । बिक्रि गर्ने अधिकांश भारतीय नागरिक रहेका छन ।
भारतबाट भित्र्याइ यस क्षेत्रमा बिक्रि बितरण गरिदै आएका यी माछा खाँदा बिभिन्न रोगहरु समेत लाग्न सक्ने स्वास्थ्यकर्मी हिरादत्त भट्टले बताए ।
सो कुरा मध्यनजर गरी केहि दिन पहिले टीकापुर नगर प्रहरीले ६० किलो भन्दा बढी बैखा माछा नष्ट गरेको थियो । तर हाल ती माछाको बिक्रि बितरण रोकिएन ।
टीकापुर उद्योग बाणिज्य संघ र कृषि हाट बजार नजिकबाट खान योग्य नभएका ४० किलो र अन्य ठाउँबाट २० किलो माछा नगर प्रहरीले बरामद गरी नष्ट गरेको हो ।
भारतबाट भित्र्याइने बैखा माछा स्थानीय सरकारले निषेध नै गर्नु पर्ने टीकापुरका भरत रोकाया बताउँछन । यी माछालाई स्थानीय सरकारले पूर्णरुपमा बिक्रि बितरणमा रोक लगाउन आवश्यक रहेको रोकायाले बताए ।
टीकापुर नगरपालिकामा रहेको सत्ती छोटी भन्सार कार्यालयको स्तरोन्नती भएपनि खक्रौलामा हाल सम्म क्वारेन्टाइन चेक पोष्ट नभएको यो समस्या यथावत रहेको स्थानीयको भनाई छ ।
धनगढीबाट क्वारेन्टाइनका नाममा भारतबाट भित्र्याइने माछा १ महिना सम्म बिक्रि बितरण गर्दा टीकापुर नगर प्रहरीले समेत चासो देखाएको छ ।