अञ्जली थापा
हेटौंडा, २१ भदौ
मकवानपुरका छुट्टाछुट्टै स्थानमा आज अपरान्हमा पानी र हावाहुरीसँगै परेको चट्याङ लागेर एक बालकको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । हेटौंडा उपमहानगपालिका–१३ पदमपोखरीमा चट्याङ पर्दा ११ वर्षीय बाालक रोजन लामाको मृत्यु भएको छ ।
उनी आफ्नै घरको आगनमा खेलिरहेको अवस्थामा चट्याङ लागेर घाइते भएका थिए । उपचारको क्रममा चुरेहिल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैगरी चट्याङ लागेर बकैया गाउँपालिका–११ ठिँगनमा ३७ वर्षीय कृष्णलाल स्याङ्तान र हेटौडा उपमहानगरपालिका ७ की ४० वर्षीया सावित्री लुईटेल घाइते भएका छन ।
लुईटेललाई खाना पकाउन लाग्दा चट्याङ लागेको थियो । स्याङ्तान र लुईटेलको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको हेटौंडा अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !