डा.बाबुराम भट्टराई, अध्यक्ष नयाँ शक्ति नेपाल :

तपाई साता भन्दा लामो समय यूरोप यात्रामा रहनुभयो अनुभव कस्तो रह्यो ?

म साउन ६ देखि साउन २३ गतेसम्म युरोपका विभिन्न ८ ओटा देश भ्रमण गरेर फर्किएँ । यो भ्रमण मेरो मुलतः अध्ययन भ्रमण नै थियो । अहिले हामी समृद्धिको मुद्दामा अगाडि बढिरहेका छौ । समृद्धि हाम्रो एउटा राष्ट्रिय मन्त्र बनेको छ र अरु देश कसरी समृद्ध भए, हामी किन पछाडि प¥यौ भन्ने बुझ्न आवश्यक थियो । विश्व इतिहासमा सबैभन्दा पहिले समृद्धिको शिखरतिर गएका मुलुकहरु भनेको युरोपियन मुलुकहरु भएकोले तिनको अनुभव बुझ्न नै म त्यहा गएको थिएँ, निकै फलदायी रह्यो ।
भ्रमणको सिकाई चाहि के लाग्यो त ?

सिकाई भनेको विकास र समृद्ध भन्ने चिज त्यत्तिकै आकाशबाट खस्ने र रुखमा फल्ने चिज होइन । मान्छेको परिश्रम र मेहनत गरेर प्राप्त हुन्छ र प्रत्येक देशको आ आफ्नो विशेषता हुन्छन् । त्यो विशेषतालाई ख्याल गर्ने, आफ्नो देशको साधन स्रोतलाई परिचालन गर्ने र मुख्य रुपमा जनतालाई सचेत बनाउने, श्रमशील बनाउने र राज्यलयको उचित नियमन गर्ने भयो भने देश विकास हुदो रहेछ, त्यो हुन सकेन भने नहुदो रहेछ भन्ने मैले बुझेँ । रुसको अनुभव भन्नुस, जर्मनीको अनुभव भन्नुस फ्रान्सको भन्नुस, स्वीडेनको अथवा सानो देश लक्जम्र्वग या बेज्यिमको भन्नुस मैले त्यही अनुभव पाएँ ।
तत्कालीन माओवादी शक्ति, जसले देशमा युद्ध ग¥यो र त्यसैको बलबाट देशमा परिवर्तन आयो भनिराख्नु हुन्छ । तपाईलाई युरोपको समृद्ध हेर्दा त्यो युद्ध चाहि सहि थिएन भन्ने कुनै पनि बिन्दुमा लाग्यो कि लागेन ?
मलाई युद्ध ढिलो भएछ भन्ने लाग्यो । युद्ध ढिलो भएछ सानो भएछ । कम भएछ । भन्ने लाग्यो मलाई ।
त्यसमा पछुतो छैन

मलाई पछुतो छैन गर्व छ । नेपालको क्रान्ति अपुरो रह्या,े अधुरो रह्या,े हलाल क्रान्ति भयो त्यसले गर्दा ढिलो भयो भन्ने मेरो मान्यता हो । युरोपमा जति युद्ध कहा भयो भन्नुस त, फ्रान्सेली क्रान्ति विश्वको सबैभन्दा ठुलो क्रान्ति हो, त्यहा दशौ लाख मान्छे मरे । रेन अफ टेरर भन्ने शब्द त्यहीबाट शुरु भयो । गणतन्त्र पहिले त्यही स्थापना भएको हो । अहिले धेरै साथीहरु भन्नुहुन्छ तपाईहरु पछुतो मन्नुहुन्छ भन्नुहुन्छ ? ति साथीहरुलाई म आग्रह गर्न चाहन्छु तपाई पेरिस जानुस, पेरिसमा राजा र रानी काटेर मारेर गाडेको ठाउँ एउटा स्मारक बनाएर राखेका छन् त्यहा गएर मान्छेले सम्मान व्यक्त गर्छन् । र त्यतिबेला जुन लडाई भएको थिया,े विभत्स खालका चित्र बनाएर राखेका छन् ति चित्र हेरेपछि आङ सिरिङ्ङ हुन्छ तपाईलाई । त्यस्तोबाट गुज्रेपछि त्यो चेतनाबाट उठेपछि बल्ल त्यहाँ विकास र समृद्धि आएको ।
पछिल्लो समय तपाईको सोचमा अलिकति परिवर्तन भएको छ भनेर भन्छन् नि ?

मेरो सोचमा परिवर्तन कुन अर्थमा हो भने संसार नै परिवर्तनशील छ । मान्छेको चेतना नै परिवर्तनशील छ । जसले परिवर्तन नै हुदैन भन्छ त्यो मान्छे नै होइन । त्यो ढुङ्गा हो, माटो हो । त्यो चाहि परिवर्तन हुदैन, त्यो पनि परिवर्तन हुन्छ तर ढिलो परिवर्तन हुन्छ । तर मान्छे प्राणी विवेक चिन्तन भनेको निरन्तर गतिमा हुन्छ त्यस अर्थमा म पछिल्ला ज्ञान विज्ञानलाई पछ्याएर अगाडि बढ्ने प्रयत्न गदैछु, त्यस अर्थमा परिवर्तन भएको हो ।

तपाईका धारणहरु, तपाईले अभिव्यक्त गर्ने अभिव्यक्तिहरु कम्युनिष्टसंग नजिक छ भनेर भन्नेहरुलाई के भन्नुहुन्छ

अब त्यो भन्न त पाइन्छ । मन्छेहरुले भनेका सुन्नु हुदैन म लोकतन्त्रमा विश्वास गर्ने मान्छे । अहिले सबैलाई सम्मान गर्छु । मैले खाली मान्छे कांग्रेस र कम्युनिष्ट भनेर मात्रै जन्मिछ, र जिन त्यो महिला र पुरुष भने जस्तो हो । यसबाट हामी माथि उठ्नुपर्छ । कांग्रेस र कम्युनिष्ट भनेको त हिजो शितयुद्धको कालमा राष्ट्रियमुक्ति युद्वमा, देश्रो विश्वयुद्ध पछि जन्मेको एउटा बिकासको प्रतिनिधित्व गर्ने शक्तिलाई कांग्रेस भनेर आयो नेपालमा अनि अर्को साम्यवादलाई विश्वास गर्नेलाई कम्युनिष्ट भनेर आयो । यी दुई धार २० औ शताब्दीका उपज हुन् । २१ औ शताब्दीमा यी दुवै धार अपूर्ण रहे । तिनको चक्र पूरा भयो । अब नयाँ चक्र शुरु हुदैछ । नयाँ विचार शैली नयाँ शक्ति उदय हुदैछ भन्ने मेरो मान्यता हो । त्यस अर्थमा म कांग्रेस वा कम्युनिष्ट वा दुई धार होइन की त्यो भन्दा माथि उठेको तेस्रो धार निर्माण गर्नुपर्छ भन्ने पक्षमा छु ।

तर तपाईले जुन सोच लिएर माओवादी पार्टी छाड्नुभयो, तपाईको पार्टी गएको चुनावमा हेर्दा खेरी नतिजा पनि त्यति उत्साहजनक देखिएन ।
सोचमा त अगाडि तर व्यवहारिक र सांगठनिक हिसाबले बाबुराम भट्टराई विचार त हो तर सांगठनिक हिसाबले कुशल संगठक होइन भन्नेलाई के भन्नुहुन्छ

अनि बच्चा जन्मिने बित्तिकै दौडन थाल्छ ? उसले एउटा चक्र पूरा गर्नु पर्छ कि पर्दैन ? त्यसकारणले जुन विचार सत्य विज्ञान जतिबेला जन्मन्छ त्यसलाई पहिले मान्छेले स्वीकार्न गाह्रो हुन्छ । केही समय त्यसै लाग्छ । त्यसैले जीवनको चक्र जस्तै राजनीतिक शक्तिको विकासको पनि एउटा चक्र हुन्छ । हामी ठीक दिशामा छौ । म यो दुई वर्षको परिणतिबाट सन्तुष्ट छु । र, मैले विश्वमा गएर जुन अनुभव गरेँ, अहिले हिजोका पुँजीवाद र साम्यवाद दुईवटा धारमा मात्र विवक्त भएर बस्नु उपयुक्त छैन २१ औं शताब्दीमा भन्ने नयाँ विचारको खोजी भएको पाउछु सबैतिर । त्यस अर्थमा पनि नयाँ शक्तिको भविष्य छ र हामी ठिक दिशामा छौ भन्ने विश्वास छ ।
तर तपाईसंग नजिक हुनुभएका जो माओवादीबाट तपाईसंगै आउनुभएको थियो उहाँहरु कतिपय माओवादी मै फिर्ता हुनुभयो, त्यसबाहेक माओवादी आन्दोलनका मान्छेहरु पनि तपाईसंग हुनुहुन्थ्यो उहाँहरु पनि विस्तार्रै जानुभयो ?

.हेर्नुस, पुराना पातहरु झर्छन्, बोक्राहरु झर्छन् । पलाएको पनि हेर्न प¥यो नि त । हामी त नयाँ पलाउदै गरेका छौ । पुराना बोक्रा झर्नु त स्वाभाविक नै हुन् । त्यसलाई म अन्यथा मान्दिन ।

नीतिगत तथा व्यावहारिक हिसाबमा तपाईलाई कुनै कुरा त्रृटि भयो भन्ने लाग्छ कि लाग्दैन ?

त्रुटि त सामान्य जहिले पनि हुन्छ । र, मुल रुपमा हामी सहि छौ । कतिपय कुराहरु सिक्दै जानुपर्छ । नयाँ चिजको आविष्कार विकास भनेको प्रयोगमा गएर हुन्छ । अहिले हामी प्रयोगमा नै छा,ै यसक्रममा कतिपय कमि कमजोरी भएका छन् । यसलाई अझै सिकेर जानुपर्छ । जनताको बिचमा हामी झांगिनु पर्छ । जुन विचारको बिउ हामीले रोपेका छौ त्यसलाई अझ मलजल, गोडमेल गरेर अझ झांगिने वातावरण बनाउनुपर्छ । अलि मेहनत गर्नुपर्छ,, जनताको बिचमा जानुपर्छ,, संगठन बनाउनुपर्छ,, बुझाउनुपर्छ भन्ने हाम्रो सोच छ । त्यस अर्थमा हामी सिक्न संगै तयार छौ र विनम्रतापूर्वक अघि बढ्छौ ।
तपाईले नयाँ शक्तिको भविष्य छ भनेर भन्नुभयो अबको दश वर्षमा नयाँ शक्ति पार्टी नेपालका राजनीतिमा कुन स्थानमा पुग्ला ?
दश वर्ष त लामै समय होला । पाँच सात वर्षभित्रै देशको नेतृत्व गर्ने शक्तिको रुपमा उदय हुन्छ भन्ने लाग्छ ।
कार्यकारी राष्ट्रपति बन्छु भन्ने तपाईमा सोच छ ?
म नै बन्नु परेन तर राष्ट्रपतिय कार्यप्रणलीमा हामी जानुपर्छ । नेपाली जनताले जसलाई प्रश्न गर्दा नि हुन्छ । त्यसले मात्र देशमा दिगो राजनीतिक स्थिरता शान्ति ल्याउछ र विकासको ढोका खुल्छ भन्ने मलाई लाग्छ तर त्यसको निम्ति म नै हुनुपर्छ भन्ने छैन । तर कार्यकारी राष्ट्रपति प्रणाली हुनुपर्छ भन्ने मान्यता छ ।
इतिहासमै सबैभन्दा बलियो बहुमतका हिसाबले अहिलेको सरकार छ । यो सरकारको समीक्षा कसरी गर्नुहुन्छ ?

नेपालमा लामो समयपछि दुईतिहाइ बहुमतको सरकार बनेको छ । मान्छेले धेरै अपेक्षा पनि गरे । चुनाव भएको अवधिपछि झन्डै ६ महिना पुरा ग¥यो । यो स्थितिमा आशा विस्तारै निराशामा परिणत हुदै गइरहेको देखा पर्छ । सरकारी दलभित्रकै मानिस निराश छन्, आमजनता निराश छन् । कतै पनि एउटा आशाको दियो देखिएको छैन । त्यस अर्थमा यसलाई म एउटा दुखद् विषय पनि म मान्छु । आफुलाई कम्युनिष्ट भन्ने हाम्रा पुराना मित्रहरुको शोच र चिन्तन पुरानो भइसक्यो अथवा संयन्त्र विकास गर्न सकेन भन्ने मान्यता हामी राख्छौ । तैपनि एउटा कम्युनिष्ट ब्राण्ड जनतामा पपुलर भएको हुनाले केही समय त उहाँहरुले लानुहुन्छ कि भन्ने लागेको थियो तर सरकारको यति छिटै ओरालो यात्रा सुरु भयो ।

उहाँहरुको मुख्य त्रृटि के देख्नुभयो तपाईले ?

त्रृति त वैचारिक रुपमै त्रृटि थियो उहाँहरुको । समय अनुकुल आफ्नो विकास गर्न सक्नुभएन । हिजै स्टालिनकालिन सोँच बोकेर अहिलेको विश्वमा न लोकतन्त्रको संरक्षण विकास हुनसक्छ न देशमा राष्ट्रिय एकता कायम गर्न सकिन्छ, न विकास र समृद्धिको ढोका खोल्न सकिन्छ, । न सुशासन कायम गर्न सकिन्छ भन्ने कुरा हामीले बुझेका थियौ । त्यसैले वैचारिक चिन्तनमा नै मुख्य समस्या हो । त्यसबाहेक पनि उहाँहरुले व्यवहारिक हिसाबले कतिपय सुशासन र सदाचारको कुरा कायम राखेर थोरै भएपनि विकास निर्माण काम गर्न सक्नुहुन्थ्यो, भ्रष्टचारलाई रोक्न सक्नुहुन्थ्यो, बलात्कार जस्ता जुन घटना छन् त्यसमा शान्ति सुरक्षा कायम गर्न सक्नुहुन्थ्यो । त्यो पनि नसक्नु चाहि हाम्रो निम्ति पनि अलि आश्चर्य जनक छ ।
संघीयताको त तपाइँ निकै पक्षधर हुनुहुन्थ्यो, तर अहिले संघीयताको आलोचना भइरहेको छ । संघीयताको भविष्य के देख्नुहुन्छ ।

संघीयता नभइकन देशले राष्ट्रिय एकता कायम गर्दैन । समृद्धि हासिल नि गर्दैन भन्ने मेरो एउटा व्यक्तिगत मत छ । नजानेर पनि कतिपय त्रृटिहरु भएको छन् । र फेरी सुरुमा नयाँ चिजहरु गर्दा, नयाँ बच्चा हुर्काउदा अलि खर्च पनि गर्नुपर्छ । बच्चालाई दुध खुवाउनुपरेन, पोसिलो पदार्थ खुवाउन परेन, सुत्केरी पोस्नुपरेन त पहिले । बच्चालाई खुवाउदा धेरै खर्च भयो, बच्चा चाहिदैन बच्चालाई नै मारिदिउ भन्न मिल्छ त तपाईले । संघीयतालाई लालन पोषण गर्नमा सत्ताधारीहरुको र केहि मान्छेहरुको सोचमा केहि त्रृटि भएको हो ।

युरोप घुमेर आउनुभयो फेरी लगत्तै अमेरिका जादै हुनुहुन्छ किन ?

मेरो एउटा मिसन नै हो मैले तपाईलाई अघि नै भनेँ । नेपालको समृद्धिको साच्चिकै जग बसाल्ने हो भने पछिल्लो ज्ञान र विज्ञानलाई हामीले अनुसरण गर्न सक्नुपर्छ र समृद्धिको उच्च तहमा पुगेको देशहरु युरोप अमेरिका, र पुर्वी एसिया यी तीन वटा केन्द्रमा प्रत्यक्ष गएर अवलोकन गरा,ै केही हुन्छ भनेर नै त्यही योजना अनुरुप नै युरोप गएर आएँ र अब अमेरिका जादै छु । र सम्भवतः अर्को वर्ष सम्ममा पुर्वी एसिया पनि एकचोटी पुग्छु । प्रत्यक्ष अनुभव हासिल गर्ने र प्रत्यक्ष ज्ञान हासिल गर्ने मेरो धारणा हो ।

अब केहि नयाँ, फरक रुपमा पार्टी अथवा तपाई आफै पनि प्रस्तुत हुदै हु्नुहुन्छ ?

एउटा प्रकृयामा गइसक्यो । गाडी चलिसक्यो, ड्राइभरले हाकिसक्यो । नयाँ शक्ति आफ्नो गतिमा अगाडि बढिरहेको छ । त्यसलाई अझ तिव्र गतिमा दिनकोे लागि, अझ उचाईमा लिएर जानका लागि विभिन्न देशमा गएर जुन अनुभव हासिल गर्छु त्यो ल्याएर फेरी संगठनलाई अगाडि बढाउने योगदान गर्छु । त्यस हिसाबले नयाँ शक्तिलाई देशको वैकल्पिक शक्तिको रुपमा विकास हुन्छ, सफल हुन्छ ।

प्रस्तुति : उज्वल पौडेल, तनहु

प्रतिक्रिया दिनुहोस !