
अञ्जली थापा हेटौंडा, २२ भदौ, लामो समयदेखी बन्द रहेको नेपाली बनस्पती घ्यू उद्योग लिमिटेडले तोरीको
तेल उत्पादन गर्ने तयारी गरेको छ । करिब एक दशक अगाडी बिभिन्न कारणले
बन्द भएको सो उद्योगले असोजको अन्तिम सप्ताह सम्म तोरीको तेल उत्पादन गनेर्
बताइएको छ ।
हेटौंडा औद्योगिक क्षेत्रमा साल्ट ट्रेडिङ कर्पोरेशन लि.को स्वामित्वमा रहेको सो
उद्योगले तोरिको तेल उत्पादन गरी उद्योग संचालन गर्न चीनबाट १७ लाखको
लागतमा आबश्यक मेसिन समेत खरिद गरेको छ । उद्योगका महाप्रबन्धक मुकुन्द
जोशीका अनुसार उद्योग संचालन गर्न करिब ४० लाख लगानी भैसकेको बताउदै
चीनबाट आयातित मेशिनबाट दैनिक १ सय ५० टन तोरीतेल उत्पादन क्षमता रहेको
बताइएको छ । उद्योगले बजारमा माग नरहेकोले बनस्पती घ्यू उत्पादन नगर्ने
समेत जनाएको छ । तोरिको तेल उत्पादन परिक्षण राम्रो भएमा थप लगानी समेत गनेर्
उद्योग ब्यबस्थापनले जनाएको छ । उद्योगले बनस्पती घिउ उत्पादन गर्ने
पुराना मेशिन हटाएर सनफ्लावर र सोयाबिन तेल समेत उत्पादन गर्ने योजना
बनाएको छ । २०३३ सालमा स्थापना भएको शान्ती बनस्पती घ्यू उद्योगले २०३९
साल साउनबाट शान्ती बनस्पती घ्यू , गृहिणी बनस्पती घ्यू र शान्ति सोयाबिन तेल
उत्पादन गर्दै आएको थियो ।
२०४४ सालबाट उद्योगको शेयर ९० प्रतिशत शल्ट ट्रेडिब कर्पोरेशनको नाममा र १०
प्रतिशत शेयर सर्बसाधरणको लगेपनि २०५५ उद्योग घाटामा गएपछी चौधरी
गु्रपलाई भाडामा दिईएको थियो पछी उसले पनि संचालन नगरी त्यसै छोडेको
थियो । स्वदेशी उद्योगबाट नै तोरीको तेल उत्पादन गर्ने राम्रो बिषय भएकोले
यसमा सबैले सहयोग गर्नुपर्ने खाद्य तथा गुण नियन्त्रण कार्यालयका पदाधिकारीहरु
बताउनुन्छ ।