बर्षै पिच्छे छुट्टी मनाउन गएन भने सहकर्मी नातेदार, स्कूलको साथी, अनि छिमेकीको नजरमा आफू कतै लोभी जस्तो भइयो कि अथवा अल्छी भइयो कि जस्तो अनुभव भईरहन्छ । आफू कतै नगए पनि छोराछोरीको लागि भएपनि कतै न कतै छुट्टि मनाउन जादा बच्चाहरु पनि खुशी हुने आफूलाई पनि रमाईलो हुने भएकोले झोला तुम्बी कसेर स्विजरल्याण्ड तिर हिँडने सल्लाह गर्यौ ।
हामीहरुले चार महिना अगाडि नै होटल र हवाईजहाजको टिकट बुकिङ गरेका थियौं । जव समय भयो हामीहरु एयरलाईन्सको वेबसाईडमा भने जस्तै हामीहरुले आफ्नो झोलाको वजन, साईज सबै मिलाएर लगेका थियौ, तर त्यहाँ रहेको अफ्रिकी मुलुककी जस्तै देखिने महिला कर्मचारीले हामीले ह्याण्ड लगेजमात्र लान पाउने तर त्यो भन्दा ठूलो भए पैसठ्ठी पाउन्ड तिर्न पर्छ भने पछि हामीले दुईवटा लगेजको जम्मा एकसय तीस पाउन्ड तिर्न बाध्य भयौं ।
फेरी पनि पैसा तिराउँछ कि भनेर फर्किने बेलामा मैले मेरो ठूलो ब्याग फालेर सानो सपिङ गर्ने झोलामा खाँदखुद गरेर ल्यायौं । मेरो साथी प्रेम गुरुङको परिवारले भने पैसा नै तिरेर लैजाने भनेर उहि ब्याग ल्याए । तर, त्यँहा भएको ब्रिटिस एयरलाईन्सको कर्मचारीले पैसा तिर्नु पर्दैन लैजाउ भनेर सितैमा पठाई दिए ।
उनीहरुको नियमअनुसार तेईस किलो सम्म ल्याउन पाउने नियम थियो । हाम्रो झोला भने अठ्ठार किलो मात्र थियो । हामी बिदेशी भएकै कारण यस्तो समस्य झेल्नु पर्यो । विदेशीले जहाँ पनि हेपिनुपर्ने । यति विकसित देशमा पनि किन यस्तो होला प्रश्न मात्र बोकेर फर्कियौं । अरु युरोपियन देशको तुलानामा युकेमा बिदेशीहरु माथि गरिने व्यबहारमा धेरै फरक छ ।
ंमेरो साथी प्रेम गुरुङको सपरिवार र लोड्रेस दिदी अनि मेरो सबै परिवार ब्रिटिस एयरलाईन्सको हवाईजहाज चढेर एयपोर्टमा बढि पैसा तिर्नु परेकोले अमिलो मन गर्दै स्विजरल्याण्डको एउटा शहर बासेलको एयरपोर्टमा अवतरण भयौं । राती ढिलो पुगेको हुनाले अबेर सम्म खुल्ने म्याकडोनाल्डको बर्गर खाएर होटलमा सुत्न गयौं ।
बेलायतको तुलानामा म्याकडोनाल्डको खाना दोब्बर जस्तै महँगो थियो । भोली पल्ट बिहानै मेरी श्रीमती मन्जु, छोरी शोर्णिमा अनि छोरा सोहनको साथमा लोड्रेस दिदी, प्रेम भाई, अम्बिका बहिनी र अरियाना खाजा खाएर जुरिकतर्फ लाग्यौं । जुरिकमा ओर्लदा त्यहाँको तापक्रम अरबतिरको भन्दा कम थिएन । जुरिकको त्यो रमणीय दृष्यहरुलाई सबैजना आ आफ्नो मोबाइल र क्यामरामा तस्बिरहरु कैद गर्नमा अति नै ब्यस्त भयौं ।
केहि समयको घामको सेकाई र तस्बिर खिच्ने काम पछि हामीहरु पानीजहाज चढेर निकै परसम्म गयौं । त्यसपछि पानीजहाज ओर्लेर रेल चढेर लुजर्न तर्फ लाग्यौं । प्रेम गुरुङ भाई जियोग्राफ बिषयमा मास्टर डिग्री गरेको हुनाले कुन ठाउँबाट कसरी जाने भन्ने कुरा सजिलै पत्ता लगाउनु हुन्थ्यो । लुजर्न पुगेपछि हामीहरु फेरी पानीजहाज चढेर रिगी तर्फ लाग्यौं । रिगी पुगेपछि हामीहरु सिधै उकालो जाने सानो रेलजस्तो बिजुलीबाट चल्ने ईलेक्ट्रीक रेल चढेर उकालो लाग्यौं । जव जव माथि माथि पुग्थ्यौ तब तल तलका दृष्यहरु लोभ लाग्दो देखिन्थे । अम्बिका गुरुङ र अरियाना गुरुङ चिच्याई चिच्याई ओ माई गड भन्दै कराउन थाले ।
पत्थरै पत्थरले बनेको पहाडलाई खोपेर बनाएको रेलको लिगमाथि आप्mनै रफ्तारमा रेल कुदिरहेको थियो भने यात्रीहरु चिच्याउदै भm्यालबाट तस्बिर खिच्नमा नै मस्त थिए । जव जव हामीहरु माथि पुग्छौ चिसो पनि झन झन बढन थालेको थियो । रेल घुम्दै घुम्दै जव माथि पुग्यो तव मलाई तलका पानीको ताल नेपालको फेवा ताल, रुपताल, बेगनास ताल, तिलिचो तालको याद आईरहेको थियो ।
माथि डाँडामा पुग्ने बित्तिकै एकै छिनमा हुस्सुले सबैकुराहरु ढाकी दिए । एक मिटर वरपर सम्म पनि देख्न नसक्ने भयौं र जाडोले सबैजना थुरुरु काम्न थाल्यौं । तलको तापक्रम पसिना चुहाउने गर्मी थियो भने माथि डाँडामा आईस जस्तै चिसो थियो । प्रत्येक दिन फरक फरक शहरहरु जेनेभा, बर्न, ईन्टरलाखन, कान्डेरस्टाईग, थुन जस्ता ठाउँहरुमा कहिले रेल कहिले बस, कहिले पानीजहाज अनि कहिले केवलकार गर्दै बिभिन्न ठाउँको दृष्यहरु हेर्यौं । जव हामीहरु केवलकार चढेर शिन्थ्रोम पहाडको टापुमा पुगेंयौं तब हामीहरुले चारहजार एकसय अन्ठाउन्न मीटर उच्चमा रहेको युरोपकै सबै भन्दा अग्लो हिमाल युङफ्राउको वारीपारी भएका थियौ ।
प्रिय मित्र लक्षमण देवकोटाले युरोपकै सबैभन्दा ठूलो जेनेभा ताल र सालेभ टापु पनि घुमाई दिनु भएको थियो भने राजधानी बर्न अर्को प्रिय मित्र श्री दावा पाख्रीनले घुमाई दिनुभएको थियो । संसारकै धनि राष्ट्रहरु मध्ये स्विजरल्याण्ड पनि एक हो । संसारकै धनि मानिसहरुले बैधानिक रुपमा होस या अबैधानिक रुपमा आफ्नो सम्पती लुकाउने ठाउ,ँ जहाँ पैसा राख्नलाई पनि पैसा तिरेर राख्ने गर्दछन् ।
बिश्वकै धेरै अफिसहरुको मुख्य कार्यालय रहेको देश, पर्यटकहरुको लागि अति नै रमणीय देश मध्येमा पर्दछ । त्यति ठूला ठूला पहाडहरुलाई छिचोलेर यातायातको लागि अति नै सहज बाटोहरु बनाईदिएको छ । हाम्रो देश र स्विजरल्याण्डलाई भौगोलिक रुपमा दाँज्ने हो भने केहि फरक देखिदैन । तर बिकासमा दाँज्ने हो भने आकाश र पातालको जतिकै अन्तर छ ।
हाम्रो देशका नेता भनाउदाहरुले नेपाललाई पनि स्विजरल्याण्ड जस्तै बनाई दिन्छौ भनेर कति आश्वासन देखाए तर त्यो आश्वासन साँचो नभएर कुर्चीमा पुग्नको लागि जनताहरुलाई दिएको झुटो आश्वासन थियो । नेपाललाई स्विजरल्याण्ड जस्तो होईन, स्विजरल्यण्ड नेपालको नेताहरुको हातमा दियो भने एक महिना भित्र स्विजरल्याण्डलाई नेपालजस्तो सजिलै बनाई दिनेछन् ।
नेपालको नेताहरुलाई गाली नगरउ भने पनि जति खेर पनि सन्दर्भ नेपालकै आउदछ । हाम्रो कर्म भूमि बिदेश भए पनि जन्म भूमी नेपाल भएको हुनाले हाम्रो पुर्खेउली दाजुभाई दिदीबहिनीहरु, आफान्तहरु नेपालमै हुनाले उनिहरुले पनि केहि हद सम्म सुखको अनुभूती गरोस भन्ने मेरो पनि एउटा स्वार्थी चाहाना हो । नेपालमा भएका मेरा दाजुभाई दिदीबहिनीहरु, आफान्तहरु पनि नेपाली जन्ता नै हुन । नेपालका कयौं मन्त्रीहरुले नाताबाद, कृपाबाद गरेर राम्रो राम्रो ठाउँमा कसैलाई मन्त्री बनाई दिएकोछ भने कसैलाई ठूलो ठूलो ओहदामा जागीर लगाई दिएकाछन् । तर नेताहरु देश बिकासको बारेमा भन्दा पनि ब्यक्तिगत स्वार्थको लागी अकुत सम्पती थुपार्नमा नै तल्लीन रहन्छन् । हामीहरु चाही दुईचार पैसा जोगाएर भए पनि नेपालीहरुको लागी केहि सहयोग गरौ भन्ने चिन्ताले पिरोलीरहेको हुन्छ ।
नेपाल सरकारले भर्खर मात्र पारित गरेको नियम गैर आवासिय नेपालीहरुले राजनैतिक गर्नबाहेक अरु सबै नेपाली सरहको सुविधाहरुको प्रयोग गर्न पाउने समचारले केहि खुशीको पल थपि दिएकोछ । पास्पोर्टको बारेमा भने अझै केहि अन्योल रहेको होकी जस्तो भान भईरहेकोछ । जे होस हाम्रो देशलाई पनि स्विजरल्याण्ड जस्तै बिकसित मुलुक बनाओस भन्ने मेरो चाहाना हो । नेपाल देशले पनि स्विजरल्याण्डको रिगी पर्बत र युङफ्राउ पर्बतले जस्तै बादलको घूम्टो ओढी बिकासको पहिरन पहिरिओस् भन्ने मेरो चाहाना पुराहोस् ।
जयराम रुम्बा धादिङ गजुरी हाल युके स्वीण्डन्