काठमाडौँ : नेपाली सेनाले सेवा निवृत्तिको क्रममा रहेका प्रधानसेनापति राजेन्द्र क्षत्रीको सम्मानमा इज्जत अर्पण कवाज प्रस्तुत गरेको छ । सैनिक मञ्च टुँडिखेलामा आयोजित समारोहमा प्रधानसेपति क्षत्रीले उक्त इज्जत अर्पण कवाजको निरीक्षण समेत गर्नुभयो । उहाँको सम्मानमा आयोजना गरिएको कवाज प्रदर्शनीमा शार्दुलजङ्ग गुल्म, राजदल गण, गोरखबहादुर गण, जगदल गण, गोरखकाली गण, क्याभलरी र सैनिक ब्याण्ड सैनिक टोली सहभागी थिए ।
सो अवसरमा राष्ट्रिय गीतका धुनका साथै नेपालको विभिन्न भेगको रहन सहन र वेषभूषा झल्कने गीत र नृत्य प्रस्तुत गरियो । प्रधानसेनापति क्षत्री शनिबारदेखि सेवा निवृत्त हुनुहुनेछ । प्रधानसेनापति क्षत्री र उहाँकी धर्मपत्नीलाई सैनिक मञ्च टुँडिखेलबाट सैनिक मुख्यालयभित्र रहेको सभामण्डपसम्म बग्गीमा लगिएको थियो ।
सेवा निवृत्त हुन लागेका प्रधानसेनापतिको औपचारिक बिदाइ सैनिक मञ्च टुँडिखेलबाट हुने चलन नेपाली सेनाले यो वर्षबाट शुरु गरेको हो । यसअघि सैनिक मुख्यायलभित्र बिदाइ कार्यक्रम गर्ने चलन थियो ।
सैनिक मञ्चको कार्यक्रममा कामु प्रधानसेनापति पूर्णचन्द्र थापा, पूर्व सेनापति, सुरक्षा निकायका उच्च पदस्थ अधिकृत सहभागी हुनुहुन्थ्यो ।
२४ गतेदेखि विधिवत घर जान लागेका प्रधानसेनापति राजेन्द्र क्षत्रीले अत्यन्तै तडकभडकपूर्ण शैलीमा विदेशी कूटनीतिज्ञदेखि स्वदेशी नेतासम्मलाई शशीभवनमा बोलाएर आफ्नो बिदाई भोज आयोजना गरेका छन् ।
सेनाको इतिहासमै पहिलोचोटि प्रधानसेनापतिको बिदाइको लागि टुँडिखेलमा सम्मान गारद अर्पण गर्ने कार्यक्रम तय भएको छ । त्यहाँ सलामी लिएपछि उनलाई बग्गीमा राखेर जंगी अड्डा लगिने छ । सबै दर्जाका सिनियरले पालैपालो कोशेली दिने भनिएको छ ।
जस्तो कि, लप्टनदेखि क्याप्टेन, मेजर, लेफ्निेन्ट कर्णेल, कर्णेल, सहायक रथीदेखि सबै दर्जाका एकजना सिनियरले प्रतिनिधिमूलक ढंगले बिदाई दिनुपर्ने † सबभन्दा सिनियर एकतारे जर्नेल कुवेर थापा हुन्, जो राष्ट्रपतिको एडिसी छन् । मेजर जनरलमा अनुज बस्नेत र महासेनानीमा आशिकनरसिंह राणाले तहगत वरिष्ठताको आधारमा उपहारसहित क्षेत्रीलाई बिदा गर्नेछन् ।