काठमाडौ – सिजन मिडियाद्धारा आयोजना गरेको छैटौं मिस टिन कलेज र दशौ वर्षको उपलक्ष्यमा पहिलो पटक आयोजना गरिएको कलेज हेन्डसम कार्यक्रमको आन्तरीक प्रतिभा एक कार्यक्रम विच सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा २० जना मिस टिन कलेजका प्रतियोगी र १४ जना कलेज हेन्डसममा सहभागी प्रतियोगीहरुले आ–आफ्नो प्रतिभाहरु विभिन्न नेपाली गीतहरुमा नृत्य मार्फत प्रस्तुत गरेका थिए भने केही प्रतियोगीहरुलाले नेपाली तथा अंग्रेजी गीत गाएर प्रतिभा देखाएका थिए भने कलेज हेन्डसमका एक प्रतियोगीले नेपाली संस्कृति झल्कने लाखे नाच देखाएर मनोरञ्जन प्रदान गराएका थिए ।
साथै केही प्रतियोगीहरुले वाद्यवादन कला प्रस्तुत गरेका थिए । कार्यक्रममा वरिष्ठ नृत्य निर्देशक राजेन्द्र राई, सिभिल सेभिङ फाइनान्सका एकाउन्टेन तथा समाजसेवी एलीना तुलाधर, जुम्वा प्रशिक्षक सोनाम केसी, टिभिएस कंपनीका इभेन्ट भ्यानेजर सुदीक्षा अधिकारी र सिजन मिडियाका इभेन्ट डाइरेक्टर रेजीना तुलाधर रहनु भएको थियो ।
कार्यक्रमको फाइनल भाद्र २८ गते राष्ट्रिय नाचघर जमलमा सम्पर्न हुदैछ । उक्त प्रतियोगिताका विजेताहरुले उच्च शिक्षाको लागि छात्रावृत्ति साथैे दुवै प्रतियोगिताका विजेताले थाइल्याड भ्रमणको टिकट, मोवाइलफोन, अस्टेलिया अध्ययनको लागि छात्रावृत्ति, निःशुल्क टोफल आएल्स, म्यूजिक भिडयो तथा मोडलिङ विधामा सहयोग गरिने छ भने अन्य विभिन्न गिफ्टहयाम्पर पाउने छन ।
यस बाहेक अन्य विभिन्न १५ विधामा पनि विजेता छनौट गरिनेछ सिजन मिडियाले समावेवशी अनलाइनलाई जानकारी गराएको छ ।