रोल्पा, २४ भदौ रोल्पामा आज दिउँसो इलाका प्रहरी कार्यालय सुलिचौर नजिकै भएको गोली प्रहारबाट तरुण दल रोल्पा नगरपालिकाका अध्यक्ष रोहित पुनको मृत्यु भएको छ ।

सुनील स्मृति गाउँपालिका–४ सुलिचौरमा रहेको रेष्ट पोइन्ट रेष्टुरेण्ट एण्ड बारमा अध्यक्ष पुनलाई गोली प्रहार गरिएको थियो । छातीमा दुई र पेटमा एक गोली लागेका पुनको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताइएको छ । हाल पुनको शव प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा राखिएको छ ।

अध्यक्ष पुनमाथि कसले, किन गोली प्रहार गरेको हो भन्ने विषय हालसम्म खुल्न सकेको छैन । गोली प्रहार गर्ने समूहको तीव्र खोजी भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस !