काठमाडौं, भदौ २५ गते । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) सदस्य राष्ट्रका सेनाको संयुक्त सैन्य अभ्यासमा नेपाली सेना सहभागी नहुने भएको छ ।

भारतको पुणेमा सोमवारबाट बिम्स्टेक राष्ट्रका सेनाको संयुक्त अभ्यास हँुदैछ । सैन्य अभ्यासमा पाँच जना अधिकृतसहित करीव ३० जनाको टोली पुणे जाने तयारी थियो । अन्तर्राष्ट्रियस्तरका कुनै पनि अभ्यास तथा प्रशिक्षणमा जान सेनाले रक्षा मन्त्रालयबाट स्वीकृति लिनुपर्छ ।
नेपाली सेनाको सहभागिताको विषयलाई लिएर नेपाल भित्रै विवाद भएपछि सेना सहभागि नहुने भएको हो ।

प्रतिक्रिया दिनुहोस !