तिलाचन पाण्डे –
भदौ , २५, गुल्मी – परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर आर्थिक विकासको मेरुदण्ड भएको बताएका छन । २ ठुला शक्तिशाली अर्थनीति भएका छिमेकी मुलुक जोड्ने सवैभन्दा छोटो सडक भएकाले मुलुकको आर्थिक विकासको कालीगण्डकी करिडोर भएको बताए ।
सोमवार कालीगण्डकी करिडोर सडक योजना नेपाली सेनाले रिडी–रुद्रवेणी खण्डलाई १० मिटर चौडा गरेर सर्वाजनिक यातायात शुभारम्भ गर्ने कार्यक्रमलाई सम्बोधन गदै परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले उक्त कुरा बताएका हुन ।
दुई शक्तिशाली अर्थनीति भएका चीन र भारतजस्ता छिमेकी मुलुक जोड्ने ३ सय ५० किलो मिटर सडक नेपालको आर्थिक विकासको मेरुदण्ड हो उनले भने‘ यसका साथै यो सडकसगँ धार्मिक र साँस्कृतिक महत्व समेत जोडिएको छ ।’
लुम्बिनी, मुक्तिनाथ र मानसरोवर जस्ता धार्मिक तथा साँस्कृतिक महत्व भएका स्थलहरुलाई समेत करिडोरले जोडेको भन्दै कालीगण्डकी करिडोरलाई नेपालीहरुले भाग्य रेखाको रुपमा लिन मन्त्री ज्ञवालीले आग्रह गरे ।
मैले यस सडक लगायत अन्य राष्ट्रिय गौरवका आयोजनाहरुको वारेमा भारतीय तथा चिनियाँ समकक्षीहरुसगँ कुरा अगाडि बढाएको छु परराष्ट्र मन्त्रीले भने‘ करिडोर तथा अन्य योजनाहरुमा उहाँहरुको सहयोग रहन्छ ।’
उनले सडक विकासको प्रमुख आधार भएकाले विकासलाई उत्पादनसंग लैजानु पर्नेमा उनको जोड थियो । कालीगण्डकी करिडोर सम्पन्न भएपछि यहाँ ठुला–ठुला कन्टेनरहरु सामान लिएर आउने भन्दै उनले सामान लिएर आउने ती कन्टेनरहरुलाई रित्तै पठाउन नहुने बताए ।
एक ब्यक्तिले उत्पादन गरेर मात्र हुदैन समुह सहकारी मार्फत सामुयिक उत्पादनमा लाग्नुस आम्दानी समेत राम्रो हुन्छ उनको भनाई रहेको थियो ।
कार्यक्रममा वोल्दै ५ नम्बर प्रदेशका मन्त्री लिला गिरी, प्रतिनिधि सभा सदस्य तथा पूर्व मन्त्री दिनानाथ शर्मा, अर्का सदस्य सुर्य पाठक, ५ नम्बर प्रदेश विशेषधिकार समिति सभापति कमलराज श्रेष्ठले नेपाली सेनाले छोटो समयमै गरेको उक्त कामको प्रशंसा गरेका थिए ।
यस सडक निमार्ण सम्पन्न गर्नका लागि रकमको कुनै अभाव हुन्न ५ नम्बर प्रदेश विशेषधिकार समिति सभापति कमलराज श्रेष्ठले भने‘ नेपालीहरुको आर्थिक विकाससगै चीन र भारत जोड्ने सडक भएकाले केन्द्र प्रदेशवाट सडक सम्पन्न गर्नका लागि रकम उपलब्ध हुन्छ सवै ढुक्क हुनुहोस ।’ करिडोर अन्र्तगतको रिडी रुद्रवेणी सडक खण्डलाई चार महिनापछि १० मिटर चौडाई बनाएपछि सोमवारदेखि सडक खुलेका हो ।
गत बैशाख २० गतेदेखि नेपाली सेनाले खन्न शुरु गरेका उक्त खण्डको ७ किलो मिटरको सडकलाई १० मिटर चौडाई पारिएको छ । कालिगण्डकी करिडोर अन्र्तगत रिडी रुद्राबेनी खण्डलाई सेनाले १० करोड सडकलाई १० मिटरको चौडा पार्ने जिम्मा लिएको हो । यस्तै सोमवारनै रुद्रवेणीदेखि थप १० किलोमटिर सडक चौडाई गर्नका लागि नेपाली सेनालाई जिम्मा दिइएको छ । परराष्ट्र मन्त्री ज्ञवालीले रुद्रवेणीमा सडकको चौडाई पार्ने कामको शिलान्यास गरेका छन ।