नेपाली हिन्दु महिलाहरुको महान् चाड तीजको रौनकले यतिबेला हाम्रा गाउ“ बस्तीहरु भरिएका छन् । समाजको वर्ग चरित्र चाडपर्वहरुबाट पनि मुखरित हुंदो रहेछ । स्पष्ट रुपमा हाम्रा पर्वहरुले हाम्रो समाजलाई वर्गिकरण गरिदिएको छ । समाजको उच्च वर्गले आफ्नो उपस्थिति बडो उत्ताउलो पारालेदेखाइरहेका छन् । उसले नै आर्थिक स्रोतहरुमाथि कब्जा जमाएको हुन्छ । राज्यको सहज पहुंचमा रहेको यो वर्गसंग प्रशस्त सम्पत्ति हुने भएकोले चाडपर्वहरु पनि भड्किला बनाइदिएका छन् । यसलाई राज्यको कानुनले रोक्न खोजे पनि सम्भव हुन सकेको छैन ।

देखासिकीमा समाजको निम्न वर्गले चाडपर्वहरुलाई मनाउन खोजिरहेको देखिन्छ । तर उनीहरुसंग आफ्नो आधारभूत आवश्यकता पनि पुरा गर्न धौ धौ भैरहेको छ । सकि नसकि सापटी गरेर भएपनि चाडपर्वहरु धुमधामसंग नै मनाउनु पर्छ भन्ने मानसिकताको विकास भैरहेको छ । त्यसैले पनि हाम्रा पर्वहरु निकै भड्किला हुन थालेका छन् । महिलाहरुको पर्व तीज पनि यो भन्दा फरक अवस्थामा छैन । महंगा कपडा, गहनाले सजिएर पाटी प्यालेसहरुमा तीज मनाउन थालिएको छ आजभोलि । यसले पर्वहरु निकै महंगा हुन थालेका छन् । सामाजिक विकृति, भ्रष्टाचार, कुशासन र वेथितिहरु यस्तै कारणले पैदा हुने गर्दछन् ।


तीज एउटा धार्मिक–सा“स्कृतिक पर्व हो । यसमा महिलाहरुले आफ्ना विरह वेदनाका गीत गाएर दुःख विर्सने परम्परागत मान्यताहरु स्खलित हुंदै छन् । महिलाहरुको पर्व भनिए तापनि आजभोलि पुरुषहरुको झन ज्यादा प्रभाव देखिन थालेको छ । अहिले वजारमा आएका गीत संगीतहरु पनि अत्यन्त भद्दा र उच्छृङ्खल देखिन्छन् । तीजको सांस्कतिक भावभन्दा धेरै टाढा रहेका यस्ता सांगीतिक कार्यक्रमहरुले पनि यसलाई भड्किलो बनाउन भूमिका खेलेका छन् ।
महिलाहरुका वीचमा एकजना केटालाई नचाइरहेको भिडियो तीजको मर्म अनुसार सुहाउने कुरा होइन । हेर्ने दर्शकलाई नपच्ने दृष्य बनाएर तीजको मूल्य मान्यतालाई तोडमोड गरिएको छ । यसतर्फ संस्कृतिकर्मीहरुले सोच्न जरुरी छ । तीजको मौलिकतालाई नै विगार्नेगरी गरिएका कार्यक्रमहरुलाई सच्याइनु पर्दछ ।
नेपाली समाजले यस्ता विकृत अभ्यासहरुलाई स्विकार्र्ने अवस्था आउन दिनु हुंदैन । अन्यथा यसले कालान्तरमा ठूलो सामाजिक समस्या निम्त्याउने छ । चाडपर्वहरु धनीमानी वर्गले मात्र मनाउने अवस्थाको सिर्जना नहोला भन्न सकिंदैन । त्यसैले समाजको आर्थिक–सामाजिक अवस्था अनुसार चार्डपर्वहरु मनाउने परिपाटीको सुरुवात गर्नुपर्दछ । यसमा सरकार तथा वौद्धिक वर्गले विशेष ध्यान दिन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस !