सरकार धेरै बोल्ने, काम कम गर्ने भयो – नेता भण्डारी
तिलाचन पाण्डे
भदौ , २६, गुल्मी – नेपाली काग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले बर्तमान सरकारको नेतृत्व धेरै बोल्ने काम कम गर्ने भएको आरोप लगाएका छन् ।
प्रेस युनियन गुल्मीको सातौ जिल्ला अधिबेशनलाई सम्बोधन गर्दै नेता भण्डारीले बर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले देशमा हत्या हिंसा र बलत्कारका घटनाहरु बडी रहेका बेला सरकार मुकदर्शक बनेर हेरिरहेको भन्दै बोल्न भन्दा काम गरेर देखाउन आग्रह गरेका छन् । देशमा शान्ति सुरक्षाको प्रत्याभुति गर्नुपर्ने र नेपाली जनतालाई बिकासको अनुभुती दिनुपर्ने समयमा बर्तमान सरकारले परिवर्तनका कुरा गर्ने काम भने सिन्को पनि भाच्ने काम नगरेकाले सरकारले नेपाली जनतालाई बिकासको अनुभूति दिन नसक्ने ठोकुवा गरे ।
अर्को एक प्रसङगमा नेता भण्डारीले प्रधानमन्त्रीले मन्त्री, स्थानीय तहहरुलाई परिचालन गर्न नसकेको दाबी गरेका छन् । गृह मन्त्रीले सिन्डिकेट अन्त्यको घोषण गर्ने, यातायात मन्त्रीले चासो नदेखाउने जस्ता कार्यहरु भएकाले पनि परिचालन फितलो भएको बताए । पछिल्लो समयमा बलत्कारका घटनाहरु प्रति पनि सरकार उदाशिन बन्दै गएको समयमा समस्या समाधान गर्ने तर्फ भन्दा पनि सरकारका मन्त्रीहरु ससना योजनाहरुको शिलान्यास गर्दै हिडिराखेका बताए ।
गुल्मी जिल्लाको बिकासको सन्र्दभमा आफुले गरेका कार्यहरु र नेपाली काग्रेसको पहलमा भएका बिकास निर्माणका योजनाहरु बर्तमान सरकारले पाँच बर्षसम्ममा पनि गरे रिडीमा फुलमाला लगाई सम्मान गर्ने चुनौती दिए । गुल्मी जिल्लाका केन्द्रीय दुई मन्त्री र परदेशमा एक मन्त्री भएता पनि बिकासले गति लिन नसकेको भन्दै आफूले जति बिकास गरेर देखाउन गुल्मीका मन्त्रीहरुलाई चुनौती समेत दिएका छन् ।
समाज र देश परिबर्तनमा संञ्चारको ठुलो भूमिका हने भन्दै भण्डारीले सत्य र तथ्यमा आधारित रहि कलम चलाउन पत्रकारहरुलाई आग्रह गरे । पत्रकारिता क्षेत्रमा पनि राजनीति हाबी बन्दै गएकोले त्यसबाट अलग रहि कलम चलाउन सुझाब समेत दिएका छन् ।