सन्तोष क्षत्री
दोहा, कतार

वरिष्ठ लोक गायिका हरिदेवी कोइराला यसपालीको तिजमा कतार आउने भएकिछन् । कास्की आदर्श सेवा समाज कतारले नेपाली नारिहरुको महान चाड हरितालीका तिजको अवसरमा आयोजना गर्न लागेको सांस्कृतिक कार्यक्रमका लागी कोइराला कतार आउने भएकि हुन ।

तिजका गित संगीतमा बिकृति बढीरहेको बेला लामो समय देखि नेपाली लोक गितको क्षेत्रमा सक्रिय पोख्रेली साहित्यकार एवं प्राज्ञिक ब्यक्तित्व कोइरालाको उपस्तिथिमा कार्यक्रम गर्न लागेको समाजका अध्यक्ष बिश्वबन्दु थापाले बताए । अध्यक्ष थापाले गायिका कोइरालाको सम्मान तथा प्रवासमा रहेर पनि नेपाली कला र संस्कृतिकको संरक्षणको लागि गर्न लागीएको कार्यक्रमको आवश्यक तयारी पूरा भएको बताए ।

कर्णप्रीय स्वरकि धनी कोइरालाका ‘पाइन खबर, घर फर्की आउनुहोस मेरो हजुर…’ लगाएतका दर्जनौ गित लोकप्रिय रहेका छन् । फेवा सांस्कृतिक परिवारको संयोजनमा आगामी सेप्टेम्बर १४ तारिखका दिन कतारको दोहा स्थित शालिमार दरबार रेस्टुरेन्ट बिन महमुदमा गरिने कार्यक्रममा विभिन्न स्थानीय कलाकारको प्रस्तुति रहने बताइएको छ।

प्रतिक्रिया दिनुहोस !