काठमाडौं । सेप्टेम्बर ११ मा अमेरिका भ्रमणमा रहेका पूर्व प्रधामन्त्री डा.बाबुराम भट्टराईले आज अमेरिकी राष्ट्रपति भवन हेर्दै आफ्नो फेसबुक पेजमा भनेका छन् -संसारको सबभन्दा शक्तिशाली मानिने अमेरिकी राष्ट्रपति बस्ने घर ंWhite House प्रत्येक दिन केही घण्टा सर्वसाधारणको प्रवेशकोनिम्ति खुला हुँदो रहेछ! भित्र पसेर हेर्दा अत्यन्त सरल र सामान्य लाग्यो । हामीले पनि हाम्रा शक्तिशालीहरू बस्ने ठाउँहरूलाई रहस्यमयी नबनाई सबै जनतालाई खुला गरौं न !
त्यस्तै अमेरिकाको वाशिंगटन र मेरील्याण्डका नेपाली समुदायसंग निकै गहन र विचारोत्तेजक अन्तर्क्रिया भएको बताउदै नासा, विश्वबैंक, महानगरपालिका, विभिन्न अनुसन्धान केन्द्र, विश्वविद्यालय, मिडिया र व्यवसायमा कार्यरत नेपाली विज्ञहरूबाट नेपालको विकास र समृद्धिको बाटोबारे महत्वपूर्ण सुझाव प्राप्त र आर्जित ज्ञान,शीप, पुँजी स्वदेशमा लगानीको तत्परता व्यक्त गरिएको समेत आफ्नो फेसबुक पेजमा डा.बाबुराम भट्टराईले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस !