– मेगराज खड्का –

रुकुम भदौं – नयाँ जिल्ला बनेको रुकुम पूर्व प्राकृतिक तथा सांस्कृतिक हिसाबले सुन्दर जिल्ला हो । भौगोलिक रुपमा बिकट भएपनि सबै घरहरु एकसाथ मिलेको बनेको मगर बस्ती, मगर समयुदायहरुको भेषभुषा, हरियाली डाँडापाखा र खर्कहरुमा भेडापालनको बथान जो कोहीका लागि पनि रोमाञ्चक दृष्य बन्छ । ३ वटा स्थानीयहरु रहेको रुकुम पूर्व जिल्लामा ३ वटै स्थानीय तहहरु गाउँपालिका हुन ।

जसमा बाग्लुङ जिल्ला संग जोडिएको छेउकै गाउँपालिका हो पुथाउत्तरगंगा गाउँपालिका । हाल रुकुम पूर्वको सदरमुकाम सिस्ने गाउँपालिकाको रुकुमकोटमा भएपनि सरकारले यसअघि नै पुथाउत्तरगंगा गाउँपालिकामा पर्ने गोलखाडा गाउँमा नै तोकेको थियो । तर सरकारको निर्णय बिरुद्धमा सर्बोच्च अदालतमा समेत मुद्धा परेपनि लामो समय सम्म छिनोफाने नहुँदा अन्योलको अवस्था छ ।

पुथाउत्तरगंगा गाउँपालिकाका अन्र्तगत धेरै गाउँमा रमणीय मगर बस्तीहरुह रहेका छन । जसमा मैकोट, कोल, तकसेरा, गोलखाडा र राङसी जस्ता गाउँहरु पर्दछन । गाउँपालिकाकै केन्द्र पहिले कोल गाउँमा भएपनि अहिले तकसेरामा गाउँमा सारिएको छ ।

प्रतिक्रिया दिनुहोस !