
-राजेन्द्र आचार्य –
चितवन, ३० भदौँ । चितवनको निकुञ्ज, मध्यवर्ती र वरण्डाभार क्षेत्रमा पर्ने राजमार्गहरुमा सेना परिचालन गरेर सरसफाई युक्त बनाउन संरक्षणकर्मीहरुले माग गरेका छन् ।. विश्व सरसफाइ दिवसको अवसरमा बरण्डाभार जैविक मार्गमा पर्ने पूर्वपश्चिम राजमार्ग अन्तक्रिया कार्यक्रम तथा राजमार्गमा सरसफाई गर्दै जिल्लाका अगुवा संरक्षणमर्कीहरुले यस्तो माग गरेका हुन् ।
उनीहरुले विश्व सम्पदा सूचीमा सूचिकृत चितवन राष्ट्रिय निकुञ्ज अन्र्तगतको टिकौली जंगल क्षेत्रमा पटक–पटक स्थानीयस्स्तरबाट सरसफाईका पहल गरे पनि सर्वसाधारण र राजमार्गमा हिड्नेहरुले वेवास्ता गरेको भन्दै सरफाई युक्त बनाउन सेना परिचालन गर्न माग राखेका हुन् ।
सो अवसरमा प्लाष्टिकजन्य, अस्पताल जन्य फोहरहरु जथाभावी फालेको पाईएको भन्दै जौविक संरक्षणका लागि राजमार्ग क्षेत्रमा सेना परिचालन गरि पूर्ण सरसफाई युक्त बनाउन उनीहरुको सुझाव थियो ।
टिकौली राजमार्गमा वन्यजन्तुको कोरिडोर भएको भन्दै सवारी चाप समेतबढी जहापाए त्यही सवारी रोकी फोहरसमेत भएको सेना राख्दा संरक्षण उपयोगी हुने टिकौली मध्यवर्ती सामुदायिक वनका अध्यक्ष ईश्वरी लामिछाने धारण राखे ।
हेर्नुस् यहां त हरेक समय–समयमा सरफाई हुन्छ– पन्चकन्या सामुदायिक वनका अध्यक्ष रामबाबु श्रेष्ठले भने बर्दीया र बाकेमा जस्तै सफा राख्ने सेना परिचालन उपयुक्त हो ।
जिल्ला वन कार्यालय र पञ्चकन्या सामुदायिक वन र टिकौली मध्यवर्ती सामुदायिक वनले नै वन हेरालु राखेपनि रातको समय बढी फोहर फाल्दा प्लाष्टिक जन्य र अन्य फोहरहरु अयाधिक मात्रामा बढेको स्थानीय बाघ संरक्षण समितिका अध्यक्ष जीतु तामागंले बताए ।
सरसफाई कार्यक्रममा प्रदेश सांसद कृष्ण भूर्तेलले सेना परिचालन कै कारण निकुञ्जले शुन्य चोरीशिकार बर्ष मनाएको भन्दै मध्यवर्ती क्षेत्रका राजमार्ग १ बर्ष जति सेना परिचालन गरि सरसफाईको सिष्टम बसाउनुपर्ने धरण राखे का थिए । सो अवसरमा बोल्दै चितवन राष्ट्रिय निकुञ्ज प्रमुख संरक्षण अधिकृत बेदकुमार खड्काले जंगलमा जथाभावी फोहर र सवारी चापका धेरै जीवजनावहरुले अकालमा नै ज्यान गुमाउनु परेको बताए । साथै उनले निकुञ्जले मात्रै यस्ता कार्यमा पहल गरेर नहुने भन्दै सबैलाई सहकार्य गर्न आग्रह गरे ।
सरसफाई गर्दा सबैभन्दा धेरै अस्पतालजन्य फोहरहरु पाईएको र २ ट्याक्टर फोहर संकलन गरिएको टिकौली वनका कार्यालय सचिव कृष्णप्रसाद आचायले जानकारी दिए । कार्यक्रममा निकुञ्जसगै, जिल्ला वन कार्यालय चितवन, बटुक दल गण कसरा, टिकौली, पञ्चकन्या र वरणभार वन, रत्ननगर नगरपालिका, नेपाल प्रहरी, स्थानिय टोल विकास संस्था र स्थानीय जनताहरुको सहभागी थियो ।