-सन्तोष क्षत्री- दोहा कतार ,

प्रदेश नम्बर ३ समन्वय परिषद कतारको प्रथम साधारणसभा सभा नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । प्रदेश नम्बर ३ अन्तरगतका १३ जिल्ला संस्थाहरु आयोजक रहेको प्रथम साधारण सभाले समीर खत्रीको अध्यक्षतामा सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन गर्दै नेपाली समुदायको प्रथम व्यवसायको एवं एनआरएन आइसिसिका संस्थापक उपाध्यक्ष देवकाजि डङ्गोलले बिदेशमा कडा परिश्रम गरेर आर्जन गरेको पुजी लाई फजुल खर्च गर्नु भन्दा उत्पादन मुलक ठाउँमा लागानी गर्न अनुरोध गरे ।

प्रदेश नम्बर ३ समन्वय परिषद कतारको तदर्थ समिति संयोजक नन्द ढुङ्गाना अध्यक्षता सम्पन्न कार्यक्रममा नेपाली सामजिक संघसंस्था, बैचारिक संगठनका प्रमुख तथा प्रतिनिधि, समाजसेवी, ब्यबसायी संगै कतारमा रहेका विभिन्न छिमेकी देशहरू भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलंका र फिलिपिन्सका सामाजिक समुदायका प्रमुख व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।
कतारको दोहा नज्मा स्थित शालिमार रेस्टुरेन्ट को सभाहलमा शुक्रबार सम्पन्न कार्यक्रममा स्वागत आयोजक सस्था नुवाकोट सेवा समाजका संरक्षक हरिकृष्ण रिमालले गरेका थिए भने संचालन बिष्णु भन्डारी र कविन्द्र कंडेल गरेका थिए ।

यसै गरि बन्दसत्रले समीर खत्रीको अध्यक्षतामा सर्वसम्मत रुपमा २९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा बिष्णु भण्डारी र रमेश तिवारी, महासचिवमा कविन्द्र कंडेल, सचीवमा श्री बहादुर तामाङ, कोषाध्यक्षमा गौरव राज अधिकारी
र सह-कोषाध्यक्षमा भक्तराम श्रेष्ठ रहेका छन ।
यस्तै समितिको खुल्ला सदस्यमा नेत्र कुमार वाइवा, पुस्प मोक्तान तामाङ, गणेश अधिकारी, नन्दराम अधिकारी, निकास तामाङ र र १३ जिल्ला सस्थाहरुबाट मनोनीत सदस्यहरुमा केशरी प्रसाद डल्लाकोटी (धादिङ ), धन बहादुर भुजेल (सिन्धुली ), अनिल लोप्चन तामाङ (नुवाकोट ), रामहरि तिवारी (काभ्रेपलान्चोक),रुद्र बहादुर भुजेल(सिन्धुपाल्चोक ), सुरज सुवेदी (दोलखा ), कृष्ण राज तिमिल्सिना (ललितपुर ), राजेन्द्र देवकोटा (चितवन ) रहेका छन भने बाकी काठमाडौ, भक्तपुर, मकवानपुर, रसेवा, रामेछाप बाट पछि मनोनीत गरिने आयोजक संस्था चितवन युवा समुह कतारका अध्यक्ष लाल भट्टले बताए ।
कार्यक्रमको समापन गर्दै नवनिर्वाचित अध्यक्ष समीर खत्रीले योग्य ठानी सस्थाको अध्यक्षमा चयन गरेकोमा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा सबै संग मिलेर सामाजिक काममा निरन्तर लागिरहने प्रतिवद्धता व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !