-दोहा कतार –

अन्तरास्ट्रिय नेपाली साहित्य समाज कतार च्यापटरको गत शुक्रबार टपफर्म रेस्टुरेन्टको सभाहलमा सम्पन्न विशेष अधिबेशनबाट प्रेम प्रसाद भट्टराई अध्यक्ष पदमा निर्बिरोध निर्बाचित भएका छन।

१५३ औँ मोति जयन्ती तथा अनेसास कतार च्याप्टर नवोदित साहित्यिक वाचनालय कतारको ८५ औँ डबलीको कार्यक्रममा “मोति एक गजल अनेक नामक” सामूहिक बिशेष गजल वाचन कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा पाच जना गजलकारहरु ईश्वर राई, दिलिप पराजुली, नारायण निर्लज भण्डारी ,चक्र कार्की र सन्तोष अधिकारीले मिठा मिठा गजल बाचन गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कतार शाखाका प्रमुख सल्लाहकार गणेश बन्जाडे, अनेसास कतार च्यापटरका प्रमुख सल्लाहकार रेगिस्तानी कवि तिर्थ सङ्गम राई ,नबोदित साहित्य वाचनालय कतारका अध्यक्ष दिप मिलन लगाएत कार्यक्रममा साहित्य अनुरागिहरुको बाक्लो उपस्थिति रहेको थियो।

प्रेम प्रसाद भट्टराईको अध्यक्षतामा नव निर्बाचित कार्य समितिहरुमा प्रथम उपाध्यक्ष सिताराम थापा,द्वितीय उपाध्यक्ष मणि पौडेल,महासचिब लेख कार्की ,सचिब यादब रेग्मी,कोषाध्यक्ष दिलिप पराजुली र सह- कोषाध्यक्षमा खेम राज सुवेदी सदस्यहरुमा चक्र कार्की,नारायण निर्जल भन्डारी,सागर भन्डारी बिभोर,सन्तोष अधिकारी निर्बिरोध निर्बाचित भएका छन भने बाकी रिक्त रहेका चार सदस्य पदका लागि सस्थाले बिधान, नियम अनुशार पदपूर्ति गर्ने निर्बाचन समितिले बताएको छ।

विशिष्ट श्रोता डा. राजेश कुमार पौडेलले प्रबासमा साहित्य कार्यक्रममा सहभागी भएर रचनाहरु सुन्न पाउँदा अत्यन्त खुशी लागेको र सम्पुर्ण साहित्य अनुरागी हरुलाई निरन्तर कलम चलाउन आग्रह गरे। कार्यक्रम संचालन प्रेम प्रसाद भट्टराईले गरेका थिए भने तिनजनाको निर्बाचन समितिमा सयोजक तिर्थ संगम राई ,सदस्य गणेश बन्जाडे र दिप मिलन रहेका थिए। सस्थाका प्रमुख सल्लाहकार एबम निर्वाचन समितिका सयोजक तिर्थ सङ्गम राईले नयाँ निर्बाचित कार्यसमितिलाई सपथ कार्यक्रम राखेका थिए

प्रतिक्रिया दिनुहोस !