केजिन राई, युरोप
– जनसम्पर्क समिति लक्जेम्बर्गको अधिबेशन बिबादका बीच आज सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि
रहेका पूर्ब सभामुख एबम नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलको पहिलो कार्यक्रम नै बिबादमुक्त भने हुन सकेन ।
निबर्तमान उपाध्यक्ष बालकृष्ण सापकोटाको अध्यक्षतामा नया कार्यसमिति घोषणा भएको छ । अधिबेशनमा पूर्ब सभासद एबम आदिबासी जनजाति महासंघका निबर्तमान अध्यक्ष नगेन्द्र कुमाल समेत बिशेष अतिथि थिए ।
जसस लक्जेम्बर्गको अधिबेशन कार्यक्रमका निम्ति प्रमुख अतिथि बरिष्ठ नेता पौडेल थिए भने केन्द्रले जनसम्पर्क समिति यूरोपका महामन्त्री साथै महाधिबेशन प्रतिनिधि गंगाधर गौतमलाई केन्द्रीय प्रतिनिधिका रूपमा तोकेको थियो ।
कार्यक्रममा जब उद्घोषक एबम नेपाली कांग्रेस लक्जेम्बर्गका महामन्त्री बालाहरी राईले केन्द्रीय प्रतिनिधि गौतमलाई आशन ग्रहणका निम्ति अनुरोध गर्ना साथ मन्चमा आसिन वरिष्ठ नेता पौडेल उठेर केको प्रतिनिधि ? भन्दै जंगिए ! साथै माईक् कब्जामा लिने प्रयत्न गरे । पाको उमेरका कारण त्यस कार्यका निम्ति यूरोप भ्रमण मै रहेका बरिष्ठ नेता पुत्र चिन्तन पौडेलले बुबालाई सघाउने प्रयत्न गरे ।
यसरी कार्यक्रम मै महामन्त्री गौतमको हुर्मत लिने प्रयत्न गरेका कारण बरिष्ठ नेता पौडेलको यूरोप कांग्रेसमा आस्था राख्ने केही कार्यकर्ताहरूले सामाजिक संजालमाअसहमति प्रस्तुत गरीसकेका छन् ।
बरिष्ठ नेता पौडेललाई बहिष्कार गर्ने चतावनी
जब नेता पौडेलले जनसम्पर्क समिति यूरोपलाई “म मान्दै – मान्दिन ” भने , विधानमा समेत नभएको उल्लेख गरे ।
सभापति दिल गुरुङ रहेको जनसम्पर्क समिति यूरोपलाई नमान्ने हो भने र त्यो बचन सार्बजनिक रूपमा फिर्ता नगरे सम्म आगामी सेप्टेम्बर २५ तारिख सम्म जर्मनी, पोर्चुगल ,नेदरल्याण्ड ,बेल्जियम लगायतका मुलुकहरूमा हुने नेता पौडेलको सबै कार्यक्रमहरू बहिस्कार गरिने निर्णय भएको महामन्त्री गौतमले ईयुनेपाललाई ” बेशफोन “मा जानकारी गराए ।
महामन्त्री गौतमले भने सन् २००७ मा तत्कालिन नेपाली कांग्रेस विदेश बिभाग प्रमुख एबम उपप्रधान मंत्री सुजाता कोईरालाको प्रमुख आतिथ्यतामा जर्मनीमा स्थापित जसस यूरोपबाटै महासमिति सदस्य भएर केन्द्रीय महाधिबेशनमा मतदान गरेर धेरै पटक नेतृत्व चयन गरि सकेको सन्दर्भमा हामीलाई नमान्नु भनेको केन्द्रीय समितिनै नमान्नु हो । यसर्थ पार्टी सभापति शेर बहादुर देउबाको प्रमुख आतिथ्यतामा सन् २०१० मा लिस्बोन पोर्चुगलमा सम्पन्न गरेकोअधिबेशनलाई नमान्नु जनसम्पर्क समिति यूरोप जो यति पुरानो समितिलाई अहिले आएर नमान्नु भनेको दम्भ मात्र हो । यसर्थ नेता पौडेलले आफ्नो भनाई फिर्ता लिनु पर्दछ ।