
दयाराम आचार्य
चितवन, १ असोज । चितवन राष्ट्रिय निकुञ्जको प्रजनन् केन्द्रमा जन्माईएको गिद्धका बच्चालाई निकुञ्जकै पश्चिम सेक्टरको सुरक्षित वास स्थानमा छाडिएको छ ।
नवलपुरकोे कावासोतीमा रहेको जटायु रेष्टुरेण्टमा १२ वटा डंगर प्रजातिका गिद्ध छाडिएको छ ।
चितवनको कसरामा रहेको गिद्ध प्रजनन केन्द्रमा जन्मीएका ८ र गुडबाट ल्याई प्रजनन केन्द्रमा राखिएका ४ गरि १२ वटा डंगर प्रजातीका गिद्धलाई प्राकृतिक बासस्थानमा छाडिएको हो ।
कसरा बाट ल्याइएका १२ वटा गिद्धलाई फस्ट रिलीज एमीएरी ( प्राकृतिक रुपमा छाडीनु पूर्व राखिने स्थान) मा राखिएको थियो ।
५ महिना अघि वनको खुल्ला स्थानमा वाहिरी वातावरण हेर्न सक्ने गरी निर्माण गरिएको फस्ट रिलीज एमीएरीमा राखिएको थियो ।
५ महिना सम्म जाली युक्त बन्द खोरमा राखिएकोमा प्रकृतिमा घुलमिल हुन सक्ने अनुमान गरि आज छाडिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार खड्काले जानकारी दिनुभयो ।
छाडिएका गिद्धको दैनिक अवस्था ,खाना खाने, अरु बाहिरका गिद्ध संगको घुलमिल लगाएतको गतिविधि समेत निगरानी गरिने जटायु रेष्टुरेण्टका संयोजक डिवी चौधरीले बताउनु भयो ।
छाडिएका गिद्धको ढाडमा रेडियो कलर जडान गरिएको र यसैका माध्यमबाट गिद्धको अवस्थाको निगरानी गरिने छ । छाडिएका गिद्धको पखेटामा नम्बर ट्याग समेत लगाईएकाले प्रत्यक गिद्धको अवस्था थाहा हुने संयोजक चौधरीले बताउनु भयो ।
प्रजनन् केन्द्र कसरामा जन्मिएका गिद्धलाई प्राकृति बासस्थानमा छाडनु पूर्व भएको कार्यक्रममा बोल्दै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्ष्ँण विभागका महानिर्देशक मन बहादुर खड्काले समुदाय स्तरबाट संरक्षणको प्रयास नमूनाको रुपमा रहेको बताउनुभयो । संरक्षणका लागि समुदायको भुमिका महत्वपुर्ण हुने बताउदै ,यसको उदाहरण जटायु रेष्टुरेण्ट कावासोती समेत भएको बताउनु भयो ।
कावासोतीमा रहेको जटायु रेष्टुरेण्टमा यस अघि समेत कसराको गिद्ध प्रजनन् केन्द्रबाट ल्याईएका ६ वटा गिद्ध छाडिएको थियो । ति मध्य एउटाको मृत्यु भएकोमा बा“की ५ वटा पुर्ण रुपमा प्रकृतिका अन्य गिद्ध संग घुलमिल भएको रेष्टुरेण्टका संयोजक चौधरीले बताउनु भयो ।
वि.स. २०६३ सालमा स्थापना गरिएको जटायु रेष्टुरेण्टमा अघिल्लो बर्षको तथ्याङ्क अनुसार २ सय ३ वटा गिद्ध रहेका छन् । स्थापनाको समयमा यहा“ ७ प्रजातीका ७२ वटा गिद्ध रहेको गणना गरिएको थियो । अहिले नेपालमा पाईने ९ प्रजातीका मध्य ८ प्रजातीका गिद्ध यहा“ पाईन्छ । रैथाने ४ प्रजातीका गिद्ध रहेका छन् भने बा“की ४ प्रजाती हिमली क्षेत्रबाट जाडो मौसममा बसाई सराई गरी आउने गरेको संयोजक चौधरीले बताउनु भयो ।
नमूना मध्यवर्ती सामुदायीक वनको ५० हेक्टर क्षेत्रफल यस जटायु रेष्टुरेण्टले आगटेको छ । गिद्धका आहाराका लागि वन भित्रनै बृद्ध गाईहरु पालिएको छ । गाई मरेपछी गिद्धको आहाराको रुपमा प्रयोग गर्ने गरिएको छ ।