काठमाण्डौँ, ०१ असोज । काठमाण्डौँबाट सोलुखुम्बु जाँदै गरेको ना १ ज ७९६९ नम्बरको टाटासुमो जीप ओखलढुङ्गा र उदयपुर जिल्लाको सिमाना घुर्मी बजार नजिक सडकबाट अनियन्त्रित भइ खस्दा सुमोमा सवार दुईजना विदेशी नागरिको मृत्यू भएकोछ र ८ जना घाइते भएका छन ।
दुर्घटनामा अष्ट्रेलियन नागरिक ७० वर्षिया किहुसे कान्तको घटनास्थलमै र ७७ वर्षिय हुसेक रुडालको स्थानीय जनसेवा पोली क्लिनिक घुर्मीमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक ध्रुव कुमार श्रेष्ठले बताए । दुर्घटना भए लगत्तै घुर्मी चौकीका प्रहरी र स्थानीयले घाईतेको उद्धार गरी जनसेवा पोली क्लिनिक घुर्मीमा उपचार गराएका थिए ।
दुर्घटनामा परी गम्भिर घाईते हुनेहरुलाई काठमाण्डौ बागेश्वरी बस्ने २१ वर्षिय मनोज रोक्का, सोलुखुम्बु नेले २ का १४ वर्षिय सुजन बस्नेत, बारा कलैया न.पा. १९ का २८ वर्षिय अर्जुन कुमार पाण्डे, सोलुखुम्बु नेले २ का ४५ वर्षिय ईन्द्र बस्नेत र अन्यको परिचय खुलेको छैन ।
घाइते माध्ये दुईजना चिन्ताजनक अवस्थाको रहेको जनाइएको छ । घाईतेहरूलाई थप उपचारका लागि काठमाडौं पठाइएको घुर्मीका ट्राफिक इन्चार्ज रामकुमार साहले जानकारी दिनुभयो । काठमाडौंबाट सोलुखुम्बु फाप्लुका लागि छुटेको टाटासुमो जीप दिउसो करिब (अपरान्ह) एक बजे दुर्घटना भएको थियो । दुघटना हुनुको कारण भने खुलेको छैन । जीप सडकबाट १०० मिटर तल खसेको थियो ।