मेष राशि
धेरै काम गरेर अधुरै रहला । अशुभ समाचार प्राप्त गर्नुपर्ला । पूरा हुनै लागेका कामहरु रोकिएला । गरेका काम अपुरा होलान् । पठनपाठनको क्षेत्र भने मध्यम नै रहला ।
वृष राशि 
व्यापारव्यवसायबाट भने सफलता प्राप्त गरिएला । मान सम्मान मिल्ला । विपक्षीहरु भने निष्क्रिय रहलान् । सम्पत्ति प्राप्त होला । संघर्षपूर्ण तरिकाले गरेका काम सफल होलान् ।
मिथुन राशि
पुराना इष्टमित्रसँग भेट होला । मनमा हर्ष रहला । विशिष्ट व्यक्तिहरूसँग भेटघाट बढ्ला । मनमा नयाँ किसिमको जोशजाँगर बढेर जाला । नयाँ काम थाल्ने वातावरण बन्ला ।
कर्कट राशि
घरपरिवारमा  झैझमेला होला । आफन्तहरुले अनावश्यकरूपमा सताउलान् । अपमान गर्ने व्यक्तिहरुको सक्रिय रहलान् । मानसिक डर पर्ला ।
सिंह राशि
सामाजिक मानसम्मान र सत्कार प्राप्त होला । मन हर्षित रहला । अनौठा समाचार सुन्नुपर्ला । यातायात तथा यात्राबाट लाभ होला । नयाँ सहकार्यको कमाई अर्थात् व्यापारको बाटो थाहा होला ।
कन्या राशि
आफन्तीसँग भएका विवाद तथा तनाव साम्य होलान् । धनमाल वस्तु प्राप्त होला शुभकार्यको थालनी होला । परिश्रम पूर्व गरेका काम सफल होलान् । पठनपाठनमा रुचि बढ्ला ।
तुला राशि
विशिष्ट व्यक्ति सेवा गर्ने मौका मिल्ला । धनमाल बस्तुहरु प्राप्त होलान् । मनमा हर्ष रहला । स्वादिलो भोजन प्राप्त होला । आर्थिक आर्थिक लाभका नयाँबाट भेटिएलान् ।
वृश्चिक राशि
आर्थिक सङ्कट पर्ला । आफन्तीसँग विवाद पर्ला । चोटपटकको लाग्न नसक्ला । स्वास्थ्यमा समस्या देखिएला । अनावश्यक धन खर्च होला ।
धनु राशि 
आफन्ती तथा मान्यजनबाट आशिर्वाद प्राप्त होला । गरेका काम सम्पन्न होलान् । राज्यपक्षबाट केही सुख मिल्ला । देशविदेशको यात्राको सम्भावना होला । धनलाभ होला ।
मकर राशि
इच्छा गरेका काम वा काम पूरा होलान् । स्वास्थ्य राम्रो देखिएला । विशिष्ट व्यक्तिले सहयोग गर्लान् । दाजुभाइ नातेदारहरुबाट पनि सहयोग प्राप्त होला ।
कुम्भ राशि
विपरीतलिङ्गीबाट सुखशान्ति प्राप्त होला । व्यवसाय सफल रहला । लाभप्रद यात्रा होला । थप प्राप्ति होला । दिन सामान्य रहला । सावरी साधनबाट सुख मिल्ला । मान तथा प्रशंसा बढेर जाला ।
मीन राशि
मानसिक तनाव    पर्ला । सोचेका काममा झमेला बेहोर्नुपर्ला । शारीरिक अस्वस्थताले सताउला । नसोचेका ठाउँमा धन खर्च होला । गरेका काममा विरोधीहरुले अवरोध पुर्याउलान् ।

प्रतिक्रिया दिनुहोस !