काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँलाई लक्ष्यित गरेर ४० अर्ब रुपैयाँको नयाँ नोट ल्याउने भएको छ । तर सर्वसाधारणलाई सहज होस् भनेर बैंक छलफलमै छ ।
नागरिक दैनिकका अनुसार, ३ दिनपछि सटही शुरु हुने दिन र तौरतरिका टुंगो लाग्ने छ । अघिल्लो वर्ष दशैँमा ५, १०, २०, ५० र १०० का २७ हजार रुपैयाँसम्म नोट साट्न सकिने व्यवस्था गरेको थियो ।
राष्ट्र बैंकले अघिल्लो वर्ष पनि दशैँ लक्ष्यित गरेर ४० अर्ब रुपैयाँका नयाँ नोट निष्काशन गरेको थियो ।