
यौन चाहना पूर्ति गर्ने एक विकल्पका रूपमा लिइने हस्तमैथुनबारे अहिलेसम्म एकमत रहेको पाइँदैन । यसबारे अनेक धारणा र विश्वास रहँदै आएका छन् । पछिल्लो समय हस्तमैथुनबारे केही नयाँ तथ्य पत्ता लागेका छन् ।
– यो सामान्य कुरा हो कि, सबै पुरुषले हस्तमैथुन गरेका हुँदैनन् । सन् २०१६ मा गरिएको एक अध्ययनअनुसार १०० मा ५७ प्रतिशत बिहे नगरेका र एकल पुरुषले हस्तमैथुन गर्छन् ।
– एक सर्वेक्षणले यस्तो पत्ता लगाएको छ कि, यौन चाहना पूरा गर्न पुरुषले पनि भाइब्रेटरको प्रयोग गर्ने गर्छन् । त्यसमा पनि भाइब्रेटर प्रयोग गर्ने पुरुषको यौन चाहना तथा यौन जीवन निकै राम्रो हुने गरेको पाइएको छ ।
– कतिपयले हस्तमैथुन ठीक होइन भन्ने बुझेका हुन्छन् । तर, स्वास्थ्यका लागि यो राम्रो हो । चिकित्सकका अनुसार हस्तमैथुन गर्दा अनुहारमा चमक आउँछ । त्यत्ति मात्रै हैन, नियमित हस्तमैथुन गर्ने मानिस धेरै खुसी हुन्छन् । र, उनीहरूमा रोगप्रतिरोधी क्षमता पनि उच्च हुन्छ । हस्तमैथुनले शरीरमा ऊर्जा थप्ने काम पनि गर्छ ।
– तपाईंलाई यो लाग्न सक्छ कि, पुरुषको विर्य एकै हो । तर, सेक्स र हस्तमैथुनको विर्यमा फरक हुने पाइएको छ । जापानमा गरिएको एक अध्ययनअनुसार सम्भोगका बेला निस्कने विर्य र हस्तमैथुनका बेला निस्कने विर्यमा हुने शुक्रकिटको मात्रा केही फरक हुन्छ । सम्भोगको समयमा शुक्रकिट धेरै हुने बताइन्छ ।