काठमाडौं, असोज २ । पूर्व पश्चिम रेलमार्ग, निजगढ विमानस्थल र ६ वटा सुरुङमार्गका बनाउन लगानी जुटेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले अर्थमन्त्रालयमा आयोजीत नियमित पत्रकार भेटघाटका क्रममा ती मेगा प्रोजेक्टहरुका लागि लगानीको श्रोत जुटाईसकेको घोषणा गरेका हुन् । ‘पूर्व पश्चिम रेलमार्ग, केहि एयरपोर्ट र ६ वटा सुरुङमार्गका लागि लगानीकर्ता जुटिसकेका छन्’, अर्थमन्त्री डा. खतिवडाले भने ।

उनले एक महिनाभित्रै ती मेगा प्रोजेक्टहरुका लगानीकर्ताहरुको विस्तृत विवरण सार्वजनिक गरिदने घोषणा पनि गरे । ‘पूर्व पश्चिम रेलमार्गको कुन खण्डमा कसले लगानी गर्ने, एयरपोर्टमा कसले कति लगानी गर्ने र ६ वटा सुरुङमार्गमा कसले लगानी गर्ने भन्ने विवरण अर्काे पत्रकार सम्मेलनमा सार्वजनिक गर्नेछु’, मन्त्री खतिवडाले भने ।

प्रतिक्रिया दिनुहोस !