हेटौंडा, २ असोज । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेपाल पूर्वाधार विकास कम्पनी निर्माण गर्ने भनेको सुरुङमार्ग निर्माण हुने प्रति जनता विश्वस्त नभएको बताउनुभएको छ । आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको कम्पनीका प्रतिनिधिहरुसंग भएको छलफलमा उहा“ले कम्पनीले निर्माण गर्ने भनेको हेटौंडा–कुलेखानी– काठमाण्डौ सुरुङ मार्ग निर्माण गर्ने आधार नै नभएको भन्दै जनता विस्वस्त हुन नसकेको बताउनुभयो ।
धेरै बर्ष आगडिबाट नेपाली जनताले सुरुङमार्गको सपना देखेको भएपनि कम्पनीले जनतालाई निराश तुल्याएको उहा“को भनाई छ । उहा“ले भन्नुभयो–‘तपाईंहरुकै कारण अव सुरुङमार्गको सपना पुरा नहुने भएको छ, त्यसैले अव प्रदेश सरकारले सुरुङमार्ग निर्माण गर्छ ।’ उहा“ले पूर्वाधार कम्पनीले सुरुङ मार्ग बनाउने कुरा अनिश्चित भएको भन्दै निर्माण गर्ने आधार पनि भएको बताउनुभयो ।
२० वर्ष अघिदेखिको सुरुङ मार्ग निर्माणको सपना भएको भन्दै मुख्यमन्त्री पौडेलले प्रदेश सरकारको गौरवको आयोजना भएको पनि उहा“ले बताउनुभयो । उहा“ले भन्नुभयो–‘ तपाईंहरुले निर्माण गर्ने समयावधिमा काम सुरु गरेको भए हामी अहिले सुरुङबाट हेटौंडा काठमाण्डौ गरिरहेका हुन्थ्यौं ।’ कम्पनीले अझैपनि सुरुङ मार्ग निर्माण गर्ने भनेर अलमल गर्न खोजेको बताउनुभयो । उहा“ले भन्नुभयो–‘अहिले नया“ सम्झौता भएको छ भनेर एकवर्ष, दुई बर्ष अलमलाउनु होला, यतिका बर्ष त अलमलाउनुभयो, त्यसैले अव विश्वास गर्न सकिंदैन।’ प्रदेश सरकारले २ देखि साढे २ बर्षमा सुरुङ मार्ग निर्माण सक्ने पनि बताउनुभयो । उहा“ले यो परियोजना निर्माणका लागि क्षण क्षणको महत्व रहेको भन्दै यसलाई कसैले रोकेर नरोकिने समेत बताउनुभयो ।
गैर आवासिय नेपाली संघका अध्यक्ष समेत रहेको कम्पनीका अध्यक्ष भवन भट्ट, संस्थापक अध्यक्ष कुशकुमार जोशी, निबर्तमान अध्यक्ष लालकृष्ण केसीलगायतको टोली सुरुङ मार्ग आफैं निर्माण गर्ने भन्दै सहयोग गर्न आग्रह गर्दै मुख्यमन्त्रीकहा“ पुगेका थिए । सुरुङ मार्ग निर्माणको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) का लागि प्रदेश सरकारले ५ करोड रकम समेत विनियोजन गरेको छ । सरकारले पोष्टबहादुर वोगटी हेटौंडा–काठमाडौं सुरुङ मार्ग नाम दिएको परियोजना निर्माण गर्ने यस अघि घोषणा गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस !