हेटौंडा,३ असोज । संविधान दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रम भइरहदा मकवानपुरको हेटौंडामा भने एक युवकले संविधान कै श्राद्ध गरेका छन् ।
हेटौंडाको सानो पोखरामा बसोवास गर्दै आइरहेका राकेश कुमार शर्माले संविधानको विरोधमा बुधबार पंचायन पूजा गरेका हुन् । संविधानले सबै नेपालीहरुको चाहना सम्बोधन नगरेका कारण आफूले श्राद्ध गरेको उनको तर्क छ ।
राजनीतिक दलहरु सत्ता संचालनमा असफल भएको भन्दै उनले मुलुकमा सैनिक शासन आवश्यक रहेको पनि बताएका छन् । सैनिक शासन आवश्यक भएको भन्दै आफूले त्यसको पनि माग गरेको उनी बताउछन् ।

प्रतिक्रिया दिनुहोस !