चितवन, ३ असोज । चितवन नवलपुर दाना वितरक संघको नाम परिर्वतन गरि नेपाल दाना, अण्डा, कुखुरा वितरक संघ कायम गरिएको छ ।
चितवन नवलपुर दाना वितरक संघको चौथो साधारण सभाले संघको प्रतिवेदन, प्रस्तावहरु र विधान संशोधन प्रस्ताव सर्वसम्मत रुपमा पारित गदै अब संघको कार्य क्षेत्र नेपाल भर रहने गरी संघको नाम परिवर्तन गरी नेपाल दाना, अण्डा, कुखुरा बितरक संघ कायम गरेको हो ।
संघका महासचिव वीरवहादुर गुरुङ्गले प्रगति प्रतिवेदन, कोषाध्यक्ष् नरेन्द्र अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेको सभामा भने संघका वरिष्ठ उपाध्यक्ष विनोद पोखरेलले भावी प्रस्तावहरु र उपाध्यक्ष धनप्रसाद सापकोटाले संघको संशोधित विधान पेश गरेका थिए ।
संघका अध्यक्ष तेजनारायण पाण्डेको अध्यक्षतामा सम्पन्न सभामा नेपाल कुखुरा व्यवसायी मञ्चका अध्यक्ष प्रा. डा. होमवहादुर बस्नेतको प्रमुख अतिथि रहेका थिए ।
सभामा नेपाल दाना उद्योग संघ केन्द्रीय समितिका उपाध्यक्ष शंकरप्रसाद कडेंल, नेपाल पोल्ट्री महासंघका सचिव शिवराम के.सी., पोल्ट्री विज्ञ डा. तिलचन्द्र भट्टराई, केन्द्रीय पशु क्वारेन्टाइनका प्रमुख डा. श्रीराम अधिकारी, नेपाल अण्डा उत्पादक संघका केन्द्रीय अध्यक्ष त्रिलोचन कडेंल, उद्योग वाणिज्य संघ गैडाकोटका महासचिव छविलाल कडेंल, जिल्ला पशु सेवा कार्यालय चितवनका प्रमुख डा. चेतनारायण खरेल, प्रायोजक त्रिवेणी फिड इण्डष्ट्रिज प्रा लि.का संचालक सन्जय गुप्ता, मकवानपुर कुखुरा व्यवसायी संघका अध्यक्ष राजु अधिकारीले पोल्ट्रीको वर्तमान अवस्था, व्यवसायीहरु बिचको एकता र समन्वयको विषयमा बोलेका थिए ।
कार्यक्रमको संचालन शिवप्रसाद बरालले गरेका थिए ।