चितवन, ४ असोज । मुलुकी संहितामा सवारी चालकहरुका लागि ल्याइएको प्रावधानको विरोध गर्दै चालकहरुले सवारीसाधान सञ्चालनमा अवरोध गरेका छन्।
सवारी चालकहरुको आन्दोलनका कारण चितवनसहित देशैभर पूर्व–पश्चिम राजमार्गमा सवारी साधन सञ्चालनमा अवरोध गरेका हुन्। यसैविच उनीहरुले उनीहरुले पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडाको नवलपुर र त्रिभुवन राजपथ अन्तर्गत थाहा नगरपालिकाको शिखरकोटमा सवारी सञ्चालन गर्न दिएका छैनन्।
शिखरकोटमा सडकमा ढुंगा राखेर टायर बालिएको छ। आफूहरुलाई अपराधी सरह जेल हाल्ने कानुन आएकाले आन्दोलनमा उत्रनु परेको चालक अनिल गुरुङले बताए।
हेटौँडामा अवरोध गर्ने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। राजमार्ग अवरुद्ध गर्नेलाई पक्राउ गर्ने र राजमार्ग संचालन गर्ने प्रयास भइरहेको प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले बताए।

प्रतिक्रिया दिनुहोस !