पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले बुढीगण्डकी जलविद्युत आयोजनामा आफूले गरेको निर्णयमा अहिलेको सरकार पनि आइपुगेको टिप्पणी गरेका छन् । ‘एउटाले बनाउन दिने निर्णय गर्ने, अर्कोले भत्काउने, फेरि अर्कोले दिने यस्तै काम भएको छ’ अध्यक्ष प्रचण्डले भने, ‘मैले जहाँ लगेर प्रक्रिया टुंग्याएको थिएँ, अहिले सरकार त्यही आइपुग्यो ।’
यसअघि प्रचण्ड प्रधानमन्त्री हुँदा बुढीगण्डकी आयोजना चीनको चाइना गेजुवा ग्रुप अफ कम्पनीलाई जिम्मा दिने निर्णय गरेको थियो ।
तर त्यसपछि शेरबहादुर देउवा नेतृत्वको सरकारले उक्त निर्णय खारेज गर्दै स्वदेशी लगानीमै बनाउने विषयमा छलफल अघि बढाएको थियो । गत शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले भने फेरि गेजुवालाई नै दिने निर्णय गरेको छ ।
‘प्रचण्ड’ले पाँच वर्षमा के के काम गर्ने भन्ने प्राथमिकता तोकेर अघि बढ्नुपर्ने बताउनुभएको छ ।
उनले जिल्लामा सभाकक्ष, रङ्गशाला र औद्योगिक क्षेत्रको काम तीव्र गतिमा अघि बढाउनुपर्छ भन्दै दुई विश्वविद्यालयसँग सहमति गरेर क्रिकेट रङ्गशाला बनाउनुपर्ने बताए । पूर्वप्रधानमन्त्री तथा वर्तमान सांसद दाहालले जिल्लालाई देशकै नमूना जिल्ला बनाउने गरी विकासमा जुृट्न सबैलाई आग्रह गरे।
कार्यक्रममा पूर्वअर्थमन्त्री एवं सांसद सुरेन्द्रप्रसाद पाण्डेले विकासको स्वरुपको विषयमा छलफल गरेर अघि बढ्नुपर्ने बताए । सांसद कृष्णभक्त पोखरेलले समृद्धि र विकासको नेतृत्व जिल्लाले लिएर अघि बढ्नुपर्ने बताए ।
सो अवसरमा राष्ट्रियसभा सदस्य दिलकुमारी रावल, प्रदेश नं ३ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामा, नेकपाका नेता देवी ज्ञवाली, नेपाली काँग्रेस चितवनका सचिव उत्तम जोशीलगायतले बोलेका थिए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीले आर्थिक वर्ष २०७५र७६ का लागि नीति तथा कार्यक्रम पेश गरेका थिए ।