एजेन्सी :  चुम्बन गर्नेक्रममा जिब्रो टोकेर घाइते भएका खबर अपवादमा मात्रै सुनिएला । किनभने, मायाले चुम्बन गर्दा जिब्रो कसले नै टोक्ला र !

तर, हाम्रो छिमेकी देश भारतमा भने यस्तै भएको छ । भारतको नयाँ दिल्लीस्थित रनहोला क्षेत्रमा एक महिलाले आफ्नै श्रीमानको जिब्रो टोकेर गम्भीर घाइते बनाइदिएकी छन् । यो खबर अहिले भारतका मिडियामा भाइरल बनिरहेको छ ।

यो बताएउको छ कि, ती महिलाले आफ्नो श्रीमानलाई चुम्बन गर्नुको साटो जिब्रो टोकिदिइन् । खबरअनुसार ती महिला ८ महिनाकी गर्भवती थिइन् । उनले चुम्बे गर्ने नाममा श्रीमानको जिब्रो टोकेर अस्पतालको बेडमा पुर्याइदिइन् ।

अहिले ती श्रमिानको अस्पतालमा उपचार भइरहेको छ । र, उनको जिब्रोको अप्रेसन भएको छ । ‘आजतक’का अनुसार ती श्रीमानको अवस्था झन् बिग्रिँदै गइरहेको छ ।

समाचारअनुसार श्रीमानबाट बिच्किएकी ती महिलाले बदला लिन जिब्रो टोेकेको हुन सक्ने बताइएको छ । ती श्रीमती र श्रीमानको यसअघि पटक–पटक झगडा हुने गथ्र्यो ।

यो बताइएको छ कि, ती श्रीमतीलाई आफ्ना श्रीमानको रूप मन पर्दैनथियो । त्यसकै कारण उनले घटना घटाएको हुन सक्ने उल्लेख गरिएको छ । घटना घटेका दिन पनि श्रीमान्–श्रीमतको झगडा भएको थियो ।

पछि झगडा मिलेपछि ती श्रीमानले श्रीमतीलाई चुम्बन गर्न खोजेका थिए । त्यसैबेला श्रीमतीले बल प्रयोग गरेर श्रीमानको जिब्रोमा घाउ लाग्ने गरी टोकिदिइन् ।

खबरअनुसार जिब्रो नमज्जाले काटिएको छ । र, अप्रेसनबाट सामान्य बनाउने प्रयास भइरहेको छ । जिब्रोको शल्यक्रियापछि ती व्यक्ति बोल्न सक्ने–नसक्नेबारे अहिले नै थाहा नहुने बताइएको छ ।

किनभने, घाउ पाकेपछि ती व्यक्तिको जिब्रो नै काट्नु परेको छ । पछि परिवारका अन्य सदस्यले प्रहीलाई खबर गरेपछि श्रीमानको जिब्रो टोक्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस !