चितवन,१२ असोज । नारायणगढ–बुटवल सडकखण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनीले पाउने भएको छ । यो आयोजनाका दुई वटै प्याकेज चाइना स्ट्रेट कन्सट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले पाउने पक्कापक्की भएको हो ।

सडक विभाग अन्तरगतको एडीबी सडक निर्देशनालयले प्राविधिक रुपमा पास भएका कम्पनीको आथिर्क प्रस्ताव खोलिसकेको छ । अब यसमा सबैभन्दा कम रकम कबोल गर्नेले ठेक्का पाउने नियम रहेकाले चाइना स्ट्रेट कन्सट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले नै दुबै प्याकेजमा ठेक्का पाउने लगभग निश्चित हरेको विभागका एक उच्च अधिकारीले जानकारी दिए ।

‘अब आर्थिक प्रस्तावको जानकारीसहित एडीबीमा पत्र पठाउँछौं, एडीबीको स्वीकृति दिनासाथ कम्पनीसँग समझौता भएर आयोजना कार्यान्यवनमा जान्छ ।

यो आयोजनामा प्राविधिक रुपमा सफल भएका ७ वटा कम्पनीहरु अन्तिम प्रतिस्पर्धामा थिए ।
अहिले नारायणगढ बुटवल सडकखण्ड दुई लेनको छ । जसलाई विभागले ४ लेनको बनाउन लागेका हो । जसका लागि विभागले एडीबीबाट ऋण सहयोग लिन लागेको छ । यसअघि विभागले यो सडकखण्ड चार लेनको बनाउन लागि झण्डै १६ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरेको थियो ।
दुई लेनको यो सडकलाई चार लेनको बनाइने छ भने दुई रदुई लेनको बीचको भाग ‘ग्रीनरी’लागि खाली ठाउँ छोडिनेछ । तीन मिटरको यो भागमा बिरुवा रोपिने छ । विस्तारित सडक दुईतर्फ नै ७र७ मिटरको हुनेछ । एउटा लेन ३।५ मिटरको हुने विभाग बताउँछ ।

यो सडकखण्डको छेउमा रहेका वस्तीहरुका लागि ‘सर्भिस लेन’ निर्माण गर्ने विभागको तयारी छ । सर्भिस लेन भनेको सार्वजनिक सवारीले यात्रु ओराल्न र चढाउन प्रयोग गर्ने बस्ती क्षेत्रको सडकको हो । २८ किलोमिटर सडकमा यस्तो सर्भिस लेन रहने र यो ७ मिटरको हुनेछ ।

जसले यात्रुलाई मात्रै सहज हुने छैन, राजमार्ग क्षेत्रमा शहरी सौन्दर्य पनि बढ्नेछ । यसअनुसार यो बस्ती क्षेत्रमा सडक २७ मिटरसम्म फराकिलो हुनेछ । अन्य क्षेत्रमा भने २२ मिटर ओगट्नेछ । १ सय १५ किलोमिटरको यो सडकलाई दुईवटा प्याकेजमा निर्माण गर्न लागिएको छ । नारायणगढ(दाउन्ने खण्ड पहिलो प्याकेज हो, जुन ६५ किलोमिटरको छ । त्यहाँबाट बुटवलसम्मको अर्को प्याकेज अन्तरगत निर्माण गरिनेछ ।

यो खण्ड विस्तार गरिसक्न झण्डै साढे ३ वर्ष लाग्ने अनुमान छ । बुटवल(नारायणगढ खण्डको पुरै भाग ४ लेनको हुने छैन । दाउन्नेको उकालोरओरालो भाग ३ लेनको मात्रै हुनेछ । दाउन्नेको झण्डै १२ किलोमिटर सडक ३ लेनमात्रै हुनेछ । त्यहाँको भौगोलिक र प्राकृतिक अवस्थाले त्यसलाई चार लेन बनाउन सम्भव देखिएको छैन । त्यसैले त्यहाँको प्राकृतिक सम्वेदनशीलतालाई ध्यानमा राखेर ३ लेनमात्रै बनाउन लागिएको हो ।

प्रतिक्रिया दिनुहोस !