
दयाराम आचार्य
नवलपरासी, १२ असोज । उखु कृषकहरुले भुक्तानी पाउन बा“की रहेको रकम मिल संचालकहरु बाट भुक्तानीको वातावरण मिलाउने सहमती भए पछि उखु कृषकको आन्दोलन स्थगित भएको छ ।
नवलपरासीको बर्दघाट नगरपालिका स्थित टिसीएन चोकमा उखु कृषकहरु भेला भई आज पूर्व निर्धारित बिरोधका कार्यक्रम अनुसार राजमार्ग अवरुद्ध गर्ने जनाएका थिए ।
सोही अनुसार केही समय राजमार्ग अवरुद्ध पारेका कृषकहरुलाई प्रमुख जिल्ला अधिकारी देवेन्द्र राज लामिछानेले भुक्तानीको वातावरण मिलाउने र भुक्तानी नगरे मिल संचालकलाई कार्वाहीको दायरामा ल्याउने प्रतिवद्ध जनाएपछी उखु कृषकहरुको आन्दोलन स्थगित भएको हो ।
आईतबार बाट भुक्तानी शुरु नगरीए सोमबार देखी पुनः आन्दोलन स्वरुप राजमार्ग बन्द गर्ने उखु उत्पादक कृषक समिति नवलपरासीका अध्यक्ष उमेशचन्द्र यादवले बताउनुभयो ।
पश्चिम नवलपरासीका उखु कृषकहरुले ६ महिना अघि चिनिमिललाई उखु बिक्रि गरेपनी अझै उखुको रकम भुक्तानी पाउन सकेका छैनन् । उखुकृषहरुले भुक्तानी नपाउदा समस्या परेको गुनासो गर्दै आएका छन् । समयमा सरकारले उखुको मुल्य निर्धारण नगर्दा र सोही अनुसार उखुमिलले भुक्तानी नदिदा प्रत्यक बर्ष यस्तो समस्या उखुकृषकले झेल्दै आएका छन् ।
गएको बर्षको सम्पुर्ण उखुको रकम भुक्तानी हुनुपर्ने, नेपाल सरकारले किसानलाई उपलब्ध गराउदै आएको अनुदान रकम एकमुष्ट रुपमा समायोजन गरी भुक्तानी दिनुपर्ने र यस वर्षको उखुको मूल्य तोकी सरकारले भुक्तानी गर्ने तालिका समेत प्रकाशन गर्नुपर्ने माग उखु कृषकले राखेका छन् ।
बिभिन्न चिनि मिलमा गरि उखु कृषकले कम्तीमा ४५ करोड रुपैया भुक्तानी पाउन बा“की रहेको छ ।