राजेन्द्र आचार्य

चितवन । मुलुक परिर्वनमा महत्वपूर्ण भूमिका खेलेको १० वर्षे जनयुद्धको ऐतिहासिक महत्व संरक्षणमा आफ्नौ नेताहरु चुकेको पूर्व जनमुक्ती सेनाहरुले आक्रोश पाखेका छन् ।
देश र जनताका आफ्नो प्राण आहुती दिदै जनमुक्ती सेनाको पहिचान आफ्नै सरकार हुदाँ समेत शिर्ष नेताले नै वेवास्ता गरेको आरोप लगाएका छन् ।
पूर्व जनमुक्ति सेना नेपाल चितवन शाखाको दोश्रो भेलामा बोल्ने तथा सहभागी अधिकाशं पूर्व लडाकु समेत रहेका उनीहरुल सधै एउटै व्यक्ति र अवसरवादीहरुको सत्ता र भत्तामोहनका कारण धेरै जनमुक्ति सेना जीवनमोरणको दोसाधमा रहेको समेत बताएका छन् ।

कार्यक्रममा बोल्दै पूर्व जनमुक्ति सेना नेपालका केन्द्र अध्यक्ष विरु तामाङ्गले ईतिहास सत्यको पक्षमा हुने भन्दै आज त्यहि जनयुद्धको जगमा आएको गणतन्त्रणमा जनमुक्ती सेनाको ईतिहास लोप हुनु दुखद् पक्ष भएके बताए । उनले अब तत्कालीन तेश्रो डिभिनलाई युद्ध संग्रालय बनाउन माग पनि गरे । यस्तै पूर्व विग्रेडर कमाण्डर दिवक शाहीले जनयुद्धकै जगमा यतिवेला नेकपाको दुई तिहाई सरकार भन्दा समेत जनयुद्धमा होमिएका जनमुक्ति सेनाको उपेक्षा हुनु मुलुक फेरि संकटमा जाने हो की भन्ने संकेत गरेको बताए ।
कार्यक्रममा बोल्दै पूर्व विग्रड सहकमाण्डर ईश्वर सापकोटा (सुमन) भने हिजो सर्वहारा वर्गहरुको निम्ती संघर्ष गरेका छौँ, आफ्नो पेट, जाहान र परिवार पाल्नको निम्ती संघर्ष गरिरहेको छौँ ।

यो ईतिहासबाट माथि उठाउन पार्टीले विशेष कार्यक्रम ल्याउन जरुरी छ उनको भनाई थियो । “अनि मात्र हामी अगाडी बढेन सक्छौँ उनले भन,े सिगो देशलाई भरिपूर्ण बनाउन लडेका सन्तती हौ । अब देश रुपातन्रण गर्न सामाजिक सेवा लाग्नु पर्नेछ । ” यस्तै पूर्व जनमुक्ति सेना नेपाल चितवनका नवनिर्वाचित अध्यक्ष देवीप्रसाद ढकालले भने जनयुद्धको जगमा आएको पार्टी सधै केहि मात्र सत्ता भत्तामा, अरुलाई वेहाल बनाए फेरि देशमा अर्को वर्ग संघर्ष गर्ने चेतावनी दिए ।

सत्ता र भत्तामा भएकले एक व्यक्तिहरुको मात्र नभई समग्रको उन्नती प्रगती सोच्नु पर्ने भनाइ रोखका थिए ।
“हामीले हिजो जे लडेर, भिडेरm मरेर प्राप्त गरेका थियौँ, आज तिनौ पाखा पारिदौछौँ, एक ढगंले अर्कै अवस्थाको आएको अर्को हालीमुहाली गरेका छन्, उनले आक्रोश पोख्दै भने, हामी पाएका छौँ तपाईहरु यसरी पाखा लगाउनु पर्ने हो ? उनको प्रश्न थियो । ”
“नेपालको शान्ती प्रक्रिया टुगोँमा पुगेको कुरा आईरहेको छ, तर मलाई लाग्छ, जो अझै पनि तपाई हामी छातीमा वम,र गोली हुदैँ अहिले छर्रा बोकी आईरहेका छौँ, जो बाँचुन्जेल औषधी खाई राख्नुपरेको तिनिहरुलाई शान्ती प्रक्रिया आएको छ की छैन् । सत्ता र भत्तामा रहेका हाम्रा नेताहरुलाई शान्ती प्रक्रिया टुगिए पनि जनमुक्ती सेनालाई अझै टुगिएकाृ छैन्, सबै मनन गरेको कुरा हो ।”

कार्यक्रममा बोल्दै शहिद स्मृति प्रतिष्ठान चितवनकी अध्यक्ष संगीता भट्टराईले फेरि पनि एकता भएर हाम्रा माग र मुद्दाहरुलाई उठाउनु पर्ने वेला आएको बताईन् । निकै दुःख प्रकट गदै पिलएका पूर्व केन्द्रिय महासचिव देवी पराजुलीले भने हामीसगँ जीउदाँ सहिदहरु हुनुहुन्छ, जो लडाईमा मरे भनेर छोडेर आएका कमरेडहरु हुनुहुन्छ । तिनलाई यो शान्तप्रक्रिया टुगियो टुगिएन् तीनलाई गणतन्त्रले के दियो । तिनका बालबच्चाले पढ्न पाएकी पाएन्, तीनका घरमा सहज ढगैले चलेको छ की र्छैन् । फेरि पनि खोज्ने वेला आएको छ उनको प्रश्न थियो ।
भेलाले देवीप्रसाद ढकालको अध्यक्षतामा ४१ सदस्ययी नयाँ कार्यसमिति निर्माण गरेका छ ।

प्रतिक्रिया दिनुहोस !